विश्वकप एसिया छनोटः टस जितेको नेपाल पहिला ब्याटिङ गर्दै

यू– १९ टी– २० महिला विश्वकप क्रिकेट प्रतियोगिताको एसिया छनोटमा आइतबार नेपाल र थाइल्यान्डबीच खेल हुँदै छ । यसअघि पनि थाइल्यान्डलाई पराजित गरिसकेको नेपालले आइतबार टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । नेपाल, यूएई, कुवेत र थाइल्यान्ड सहभागी प्रतियोगितामा डबल राउन्ड रोबिनका आधारमा शीर्ष स्थानमा रहने एक टिम विश्वकपका...

सम्बन्धित सामग्री

आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोट : नेपालले मलेसियालाई ६ विकेटले हरायो

काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको छ । जारी प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि हिजो भएको पहिलो खेलमा नेपालले सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो ।  कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको मलेसियाले प्रस्तुत गरेको एक सय ६६ रनको लक्ष्य नेपालले १८ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालको जितका लागि कुशल मल्लले विस्फोटक ब्याटिङ गर्दै अर्धशतकीय पारी खेले । खेलको प्लेअर अफ दि म्याचसमेत रहेका उनले ३४ बलमा सात छक्का र दुई चौकासहित ६५ रन बनाए । साथै ओपनर कुशल भुर्तेलले चार छक्का र चार चौकाको सहयोगमा ४३ रन र आशिफ सेखले दुई छक्का र एक चौकाको सहयोगमा ३२ रन बनाए । त्यसैगरी सन्दीप जोराले १८ र कप्तान रोहित पौडेल र विवेक यादवले दुई/दुई रन बनाए ।  मलेसियाका लागि मोहम्मद अमिरले तीन र पवनदीप सिंहले एक विकेट लिए ।  यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६५ रन बनायो । मलेसियाले राम्रो शुरुआत गरे पनि मध्यक्रमका ब्याटर चल्न सकेनन् । उसका लागि ओपनर एवम् विकेटकिपर सैयद अजिजले सर्वाधिक ६८ रन बनाए । उनले ४९ बलमा दुई छक्का र आठ चौका प्रहार गरे । साथै जुवैदी जुल्किल्फले २४, शाविन मेनाइडी र विजय उन्नीले समान १३ रन बनाए ।  नेपालका लागि अविनाश बोहोराले चार विकेट लिए भने सन्दीप लामिछाने, गुलसन झा र रोहित पौडेलले एक÷एक विकेट लिए । नेपाल प्रतियोगिताको समूह ‘ए’मा छ । नेपालको समूहमा सिंगापुर, मलेसिया, ओमान छन् भने समूह ‘बी’मा संयुक्त अरब इमिरेट्स (यूएई), हङकङ, बहराइन र कुबेत छन् । नेपालले तेस्रो खेल यही कात्तिक १६ गते ओमानसँग खेल्नेछ । रासस

अविनाशको उत्कृष्ट बलिङले फरक पर्‍यो : शरद भेषावकर

१४ कात्तिक, काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत अहिले नेपाल र मलेसियाबीचको खेल भइरहेको छ । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १६६ रन बनाएको छ । यस खेलको पहिलो इनिङ्सको बारेमा ग्रेस्ट कमेन्ट्रीमा रहेका क्रिकेटर शरद भेषवाकरले यसरी समीक्षा गरेका छन् । …. ब्याटिङको कुरा गर्दा मलेसिया […]

यू-१९ टी-ट्वान्टी विश्वकप छनोट : आयोजक मलेसियाविरुद्ध नेपाल २५ रनले विजयी

काठमाडौँ । आइसिसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले आयोजक मलेसियालाई २५ रनले पराजित गरेको छ।  मलेसियामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८६ रन बनाएको थियो। नेपालका लागि अञ्जलि विश्वकर्माले सर्वाधिक ३३ रन जोडिन्। यस्तै आश्मा पुलामी मगरले २६ रन बनाइन्। अन्य चार खेलाडीले दोहोरो […]

यू-१९ विश्वकप छनोट : नेपालले मलेसियालाई दियो ८७ रनको लक्ष्य

काठमाडौं : आईसीसी यू–१९ महिला टी(ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आयोजक मलेसियालाई ८७ रनको विजयी लक्ष्य दिएको छ।मलेसियामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८६ रन बनायो। नेपालका लागि अन्जली विश्वकर्माले सर्वाधिक ३३ रन जोडिन्। यस्तै आश्मा पुलामी मगरले २६ रन बनाइन्। अन्य चार खेलाडीले दोहोरो अंक बनाउन सकेनन्। ८७ रनको विजयी लक्ष्यसहित मलेसिया अहिले ब्याटिङ गरिरहेको छ। नेपालको विश्वकप सपना भने समाप्त भइसकेको छ। तर, नेपाल आज मलेसियालाई हराएर छनोटमा सुखद

थाइल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल

काठमाडौं । नेपाली युवा महिला क्रिकेट टोलीले आईसीसी यु–१९ महिला ट्वान्टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा आज थाइल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।  मलेसियाको यूकेएम–वाईएसडी क्रिकेट ओभलमा नेपालकी कप्तान कृतिका मरासिनीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेकी हुन् । नेपालले आज दुई खेलाडी परिवर्तन गरेको छ । भुटानविरुद्ध खेलेको टिममा किरण...

नेपालले भुटानविरुद्ध बलिङ गर्दै

काठमाडाैं । आईसीसी यू–१९ महिला टि-२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले भुटानविरुद्ध बलिङ गरिरहेको छ । मलेसियाको किनरारा ओभलमा जारी खेलमा भुटानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङको निम्तो पाएको हो । नेपाल आज (साेमबार) दोस्रो जित निकाल्ने योजनामा रहेको छ। अघिल्लो दुई खेलमा नेपाल एकमा विजयी र एकमा पराजित भएको थियो । नेपालले पहिलो […]

भुटानविरुद्ध फिल्डिङ गर्दै नेपाल

काठमाडौं । नेपाली यु–१९ महिला क्रिकेटले आईसीसी यु–१९ महिला ट्वान्टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा आज भुटानविरुद्ध पहिलो फिल्डिङ गर्ने भएको छ ।  मलेसियाको क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा भुटानकी कप्तान गवाङ चोडेनले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेकी थिइन् । त्यसपछि नेपालले फिल्डिङ गर्ने भएको हो ।  नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले...

यू-१९ क्रिकेट : भुटानले टस जितेपछि बलिङ गर्दै नेपाल

काठमाडौं :  यू–१९ आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट क्रिकेटमा नेपाल र भुटानबीच प्रतिस्पर्धा भइरहेको छ।  मलेसियाको किनरारा ओभलमा भुटानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले बलिङ गरिरहेको छ। यसअघि एउटा खेलमा जित र अर्को खेलमा हार व्यहोरेको नेपाल आज दोस्रो जितको खोजीमा मैदान उत्रिँदैछ।  पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गरेको १९ वर्ष मुनीको महिला टोली दोस्रो खेलमा युएईसँग ८ रनमा अलआउट भएको थियो। भुटानले भने यसअघिका दुवै खेलमा हार व्यहोरेको छ। नेपा

युएईविरुद्ध नेपाल ८ रनमा अलआउट !

काठमाडौँ। आइसिसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले अहिले युएईसँग प्रतिस्पर्धा गरिरहेको छ । मलेसियाको यूकेएम ओभलमा युएईविरुद्ध ब्याटिङ गरेको नेपाल ८ रन जोड्दा अलआउट भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ ओभर १ बलमा अलआउट हुँदै ८ रन जोडेको हो । नेपालका लागि स्नेहा महराले ३ तथा मनीषा रानाले […]