काठमाडौं : आईसीसी यू–१९ महिला टी(ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आयोजक मलेसियालाई ८७ रनको विजयी लक्ष्य दिएको छ।मलेसियामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ८६ रन बनायो। नेपालका लागि अन्जली विश्वकर्माले सर्वाधिक ३३ रन जोडिन्। यस्तै आश्मा पुलामी मगरले २६ रन बनाइन्। अन्य चार खेलाडीले दोहोरो अंक बनाउन सकेनन्। ८७ रनको विजयी लक्ष्यसहित मलेसिया अहिले ब्याटिङ गरिरहेको छ। नेपालको विश्वकप सपना भने समाप्त भइसकेको छ। तर, नेपाल आज मलेसियालाई हराएर छनोटमा सुखद