नेपाल प्रहरीको संगठनमा राजनीतिक हस्तक्षेप नयाँ विषय होइन, नयाँ सरकार आएसँगै प्रहरीमा तरङ्ग नै पैदा हुन्छ ।
हरेक नयाँ सरकारको पहिलो निशानामा पर्छन् जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू । नयाँ सरकार परिवर्तन भएसँगै जिल्लामा आफ्नो पार्टी अनुकूलकोे प्रहरी प्रमुख ल्याउनका लागि सत्तारुढ राजनीतिक पार्टीका जिल्लास्थित नेता कार्यकर्ता सिंहदरबार धाउँछन् ।
अघिल्लो सरकारले पठाएको प्रहरी प्रमुखको चुगली गर्दै सरुवा गराउन गृह मन्त्रालयमा धाउनेको घुइँचो नै लाग्छ । ‘म जिल्ला आएको ८ महिना भयो, नयाँ सरकार आएपछि मलाई हटाउन डेलिगेशन नै ...