गठबन्धन टिकाउन अवधि नपुग्दै एआईजी सरुवा

नक्कली भुटानी शरणार्थी प्रकरणको दोस्रो चरणको अनुसन्धान जारी रहेकै बेला सरकारले उपत्यका प्रहरी प्रमुखसहित पाँच अतिरिक्त महानिरीक्षक (एआईजी) को अकस्मात् सरुवा गरेको छ । सरुवा तथा पदस्थापना भएर गएको युनिटमा ५ महिना पनि काम गर्न नपाउँदै सरुवा गरिएको हो । सामान्यतः सरुवा भएका प्रहरी अधिकृतलाई सम्बन्धित युनिटमै काम गर्न दिइने अभ्यास छ । तर, सत्तारूढ गठबन्धनको दबाबमा कार्यावधि नपुग्दै एआईजीलाई अन्यत्र पठाइएको छ ।

सम्बन्धित सामग्री

एआईजी सरुवा : पाल मेट्रोमै, थापा कार्य विभागमा

काठमाडौं । नेपाल प्रहरीका चारजना एआईजीहरुको सरुवा भएको छ । बुधबारको मन्त्रिपरिषद् बैठकले तत्कालीन केपी ओली नेतृत्त्वको सरकारले गरेको एआईजीहरूको सरुवा बदर गर्दै नयाँ सरुवा निकालेको हो । प्रहरी प्रवक्ता एसएसपी वसन्त बहादुर कुवँरले सरुवाको पत्र प्रहरी प्रधान कार्यालयलाई प्राप्त भइसकेको बताए । नयाँ सरुवा अनुसार हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरी...

नवनियुक्त गृहमन्त्रीको निर्देशनले रोकियो ओली सरकारले गरेको एआईजी सरुवा

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सरुवा कार्यान्वयन नगर्न नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् । गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै गृहमन्त्री खाँणले प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र थापा क्षेत्रीलाई सरुवाको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिए । गृहमन्त्रीको निर्देशन पाएपछि आईजीपी थापाले तत्कालै एआईजीहरूलाई फोन गरेर रमाना नलिन निर्देशन दिएका छन् । नेपाल प्रहरीमा प्रशासनतर्फ ५ वटा एआईजी रहेका छन् ।

गृह मन्त्रालयले रोक्यो एआईजीहरुको सरुवा

३० असार, काठमाडौं । अघिल्लो सरकारले गरेको नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गृह मन्त्रालयले रोकेको छ । गृहमन्त्री बालकृष्ण खाँडले अघिल्लो सरकारले गरेको एआईजी सरुवा कार्यान्वयन नगर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका मन्त्रालय स्रोतले बताएको छ । मन्त्रालयले एआईजीहरुलाई पनि सरुवाको रमाना नलिन निर्देशन दिएको छ । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदको असार […]