निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सरुवा कार्यान्वयन नगर्न नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् ।
गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै गृहमन्त्री खाँणले प्रहरी महानिरीक्षक (आईजीपी) शैलेन्द्र थापा क्षेत्रीलाई सरुवाको निर्णय कार्यान्वयन नगर्न निर्देशन दिए ।
गृहमन्त्रीको निर्देशन पाएपछि आईजीपी थापाले तत्कालै एआईजीहरूलाई फोन गरेर रमाना नलिन निर्देशन दिएका छन् ।
नेपाल प्रहरीमा प्रशासनतर्फ ५ वटा एआईजी रहेका छन् ।