मोतीपुर झडप : मुख्य योजनाकार आलम समातिए

मोतीपुर औद्योगिक क्षेत्र निर्माणमा जग्गा कब्जा गर्न, टोली गठन गर्ने समूहका मुख्य योजनाकारलाई बुटवलबाट प्रहरीले पक्राउ गरेको छ। कपिलवस्तुको शुद्धोधन गाउँपालिका-६ स्थायी घर भई हाल बुटवल उप-महानगरपालिका-११ मा डेरा गरी बस्दै आएका ४४ वर्षीय सावीर अलि उर्फ राजु आलमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

सम्बन्धित सामग्री

के भएको थियो २०७२ भदौ ७ मा कैलालीको टीकापुरमा?

२०७२ भदौ ७ मा कैलालीको टीकापुर नगरपालिका थरुहट समर्थक प्रदर्शनकारी र प्रहरी बिच दिउँसो झडप हुँदा प्रहरी बरिष्ठ उपरिक्षक सेती अञ्चलका प्रमुख एसएसपी लक्ष्मण न्यौपाने सहित नेपाल प्रहरीका ५ जना तथा सशस्त्रका २ र १ बालक सहित ८ जनाको मृत्यु भएको थियो। आठजनाको ज्यान जानेगरी भएको घटनाको मुख्य योजनाकार रहेको अभियोगमा रेशम चौधरीलाई आरोप लागाइएको […]

टीकापुर घटनापछि रेशम चौधरी निरन्तर चर्चामा

पछिल्लो समय टीकापुर र रेशम चौधरी एक अर्काका पर्यायवाची झै भएका छन् । टीकापुर घटनाका मुख्य योजनाकार चौधरी अदालतको आदेशअनुसार जेलमा छन् भने उनको रिहाइको माग पनि राजनीतिक मुद्दा बनिरहेको छ ।२०७२ ताका संविधान लेखनको क्रममा यहाँ थरूहट थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलन उत्कर्षमा थियो । यसैबीच २०७२ भदौ ७ गते टीकापुरमा थरूहट आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडप भयो । एक नाबालकसहित ८ प्रहरीको ज्यान गयो । त्यसको भोलिपल्ट भदौ ८ गते प्रशासनले कर्फ्यु जारी गरेकै समयमा थारु समुदायका ८० भन्दा घर, पसल, एफएममा आ