खाने तेल आयातमा सरकारले भन्सार शुल्क घटाएपछि खुद्रा बजारमा खाने तेलको मूल्य घट्न थालेको छ । एक महिनाअघिको तुलनामा तेलको मूल्य लिटरमा ५० रुपैयाँसम्मले घटेको छ । नेपाल वनस्पती घ्यू तेल उत्पादक संघका अनुसार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा आएको गिरावट तथा सरकारले घटाएको भन्सार शुल्कका कारण खाने तेलको मूल्यमा गिरावट देखिन थालेको छ ।
खुद्रा व्यापारी प्रकाश महर्जन तेलको मूल्य घटेको स्वीकार गर्नुहुन्छ । ‘घटेको त हो । तर, संघले भने जस्तो होइन,’ उहाँ भन्नुहुन्छ, ‘आफूले एक महिना अघि ३ सय ७० रुपैयाँमा ...