जापानमा काम गर्न चाहनेका लागि वैदेशिक रोजगार मेला आयोजना हुने

काठमाण्डौ – जापानमा काम गर्न चाहने विदेशी नागरिकलाई लक्षित गर्दै जापानको अध्यागमन सेवा विभागले वैदेशिक रोजगार मेला २०२२ आयोजना गर्ने भएको छ । आउँदो मंसिर १० र ११ (नोभेम्बर २६ र २७) गते अनलाइन माध्यममार्फत जापानले वैदेशिक रोजगार मेला आयोजना गर्न लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मेलामा विशेष सीप प्रणाली (एसएसडब्लु) र रोजगारदाता कम्पनीको बारेमा जानकारी दिइने छ ।  रोजगार मेलामा सहभागी हुन कुनै पनि शुल्क लाग्ने छैन । मेलामा हुने सबै कार्यक्रमहरूमा निःशुल्क दर्ता हुन सकिनेछ ...

सम्बन्धित सामग्री

नयाँ श्रम गन्तव्यको खोजीमा वैदेशिक रोजगार मेला आयोजना गर्ने तयारी

वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारीमा जानेका लागि नयाँ श्रम गन्तव्यको खोजी गर्ने विषयमा छलफल सुरु गरेको छ । बोर्ड सचिवालय र नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घबीच बिहीबार भएको छलफलले खाडी र मलेसियामा केन्द्रित श्रम बजारलाई युरोपलगायत मुलुकमा विस्तार गर्नका लागि वैदेशिक रोजगार मेला आयोजना गर्नु उपयुक्त हुने निष्कर्ष निकालेको छ । बोर्डका कार्यकारी निर्देशक …