आफ्ना सेवाग्राहीलाई सहज होस् भनेर अनलाइन प्रणालीबाट सेवा दिन थालेको कन्सुलर सेवा विभाग अब पालिका तहबाटै पनि सेवा दिने तयारीमा जुटेको छ ।
सुरुमा कुरा गरौँ, कन्सुलर सेवाको । कुनै पनि देशका नागरिक अर्को देशमा जाँदा उनीहरुले पाउने सुविधा, कानुनी उपचार, उनीहरुको स्टाटस र आइपर्ने समस्याहरुका समग्र विषयलाई एक देशले अर्को देशमा कस्तो सेवा दिने, कुन प्रकारले व्यहार गर्ने, कुन हैसियतमा राख्ने भन्ने कुराहरु कन्सुलर सेवा अन्तर्गत पर्छन् । कन्सुलर सेवालाई सन् १९६३ मा जारी भियना महासन्धीले समेटेको छ । यस अन्तर्गतका काम गर्ने ग...