नारायणहिटीमा रहेको कन्सुलर सेवा विभागले आइतबारदेखि त्रिपुरेश्वरको नयाँ भवनबाट सेवा दिने

काठमाण्डौ – काठमाण्डौको नारायणहिटीमा रहेको कन्सुलर सेवा विभाग त्रिपुरेश्वरमा बनेको नयाँ भवनमा सर्न लागेको छ । आइतबारदेखि विभागले नयाँ भवनबाटै सेवा दिन थाल्ने विभागका महानिर्देशक धनबहादुर वलीले बताउनुभयो । योभन्दा पहिले नारायहिटीमै रहेको राहदानी विभाग त्रिपुरेश्वरकाे नवनिर्मित भवनमा सरिसकेको छ । भवन स्थानान्तरणको क्रममा एकदुई दिन टेलिफोन सेवा अवरुद्ध भए पनि चाँडै नै ११५२ नम्बरको टोल फ्री फोन सेवा सञ्चालनमा ल्याउने पनि उहाँले बताउनुभयो । यस्तै उहाँका अनुसार कन्सुलर सेवालाई थप प्रभावकारी बनाउन ...