काठमाडौँ । सरकारले ४ जना उपसचिवलाई सहसचिवमा बढुवा गर्ने निर्णय गरेको छ । बढुवा समितिले सिफारिस गरेका ऊर्जा मन्त्रालय वा अन्तर्गतमा कार्यरत इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूह, इरिगेनसन उपसमूहका सिडिई(उपसचिवस्तर) का कर्मचारी हरि नारायण यादव, रुक्मांगत खनाल, प्रचण्ड देव विष्ट र केदार कुमार श्रेष्ठलाई सुई(सहसचिवस्तर)मा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।