‘म जस्तै अरु नेता पनि खटेको भए ठूलो पार्टी हुन्थ्यौ’ : प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफू जस्तै अरु नेता पनि खटेको भए ठूलो पार्टी बन्न सक्ने सम्भावना भए पनि त्यो सम्भव नभएको बताएका छन् । पोस्टबहादुर बोगटीको स्मृति दिवसमा आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू बिहानदेखि बेलुकीसम्म खटेको तर अरु नेताहरु गुटबन्दी र पदमै रमाएको बताएका थिए । जनताले […]

सम्बन्धित सामग्री

कांग्रेस एक भए कसैले हराउँदैन : शशांक कोईराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शशांक कोईरालाले नेपाली कांग्रेसको विकल्प अरु हुन नसक्ने बताएका छन्। मंगलबार काठमाडौँमा आयोजित चियापान समारोहमा उनले कांग्रेस एक भएको खण्डमा देशमा ठूलो परिवर्तन आउने भन्दै अहिलेको आवश्यकता एकतावद्ध कांग्रेस हुनु रहेको बताए। उनले आफूले आयोजना गरेको चियापान समारोह कांग्रेसबीचको भाइचारा सम्बन्ध स्थापित गराउने माध्यम भएको पनि बताए।

नेपाली काँग्रेसको विकल्प अरु हुन सक्दैन, एक भएर अघि बढौँ : कोइराला

काठमाडौँ- नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली काँग्रेसको विकल्प अरु हुन नसक्ने बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित चियापान समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले काँग्रेस एक भएको खण्डमा देशमा ठूलो परिवर्तन आउने भन्दै अहिलेको आवश्यकता एकतावद्ध काँग्रेस हुनु रहेको बताए । उनले आफूले आयोजना गरेको च...

नेपाली काँग्रेसको विकल्प अरु हुन सक्दैन, एक भएर अघि बढौँ : कोइराला

काठमाडौँ- नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली काँग्रेसको विकल्प अरु हुन नसक्ने बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित चियापान समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले काँग्रेस एक भएको खण्डमा देशमा ठूलो परिवर्तन आउने भन्दै अहिलेको आवश्यकता एकतावद्ध काँग्रेस हुनु रहेको बताए । उनले आफूले आयोजना गरेको च...

एमालेले कांग्रेसलाई फसाउन खोजेको जालमा ठूलो भ्वाङ पर्‍योः गोपालमान श्रेष्ठ

काठमाडौं, १९ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठले रामचन्द्र पौडेललाई राष्ट्रपति हुनबाट कसैले रोक्न नसक्ने दाबी गरेका छन् । ‘कांग्रेसले व्यापक छलफल र सर्वसम्मतिपछि रामचन्द्र पौडेललाई राष्ट्रपतिमा उठाएको हो । उहाँको जित्ने आधार प्रशस्त छन् । पहिलो त संसदको सबभन्दा ठूलो पार्टी नेपाली कांग्रेस हो । रामचन्द्रजीलाई अरु सात दलको समर्थन छ । […]

म अध्यक्ष पदमा उम्मेदवारी दिन्छु, अरु म जान्दिन: भीम रावल

सौराहा- एमाले नेता भीम रावलले आफूले अध्यक्ष पदमा उम्मेदवारी दिने भनेर राजनीतिक घोषणा गरिसकेकाले आफू त्यसमा अडिग रहेको जानकारी अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरुलाई दिएका छन्। उनले मध्यरातमा बन्दसत्रबाट बाहिर निस्केर पत्रकारहरुसँग कुरा गर्दै भने- यत्रो ठूलो पार्टीको एक दिन यत्तिकै खेर गएकामा मलाई दुख लागेको छ। म अध्यक्षमा उम्मेदवारी दिन्छु, अरु म केही जान्दिन। […]

शेरबहादुर, रामचन्द्र ! एकदमै माइ डियर दाजुहरु हुनुहुन्छ : सिंह

कांग्रेस नेता प्रकाशमान सिंहले पार्टीमा काम गर्न नसक्नेहरुलाई नेतृत्वबाट हटाउनुपर्ने बताएका छन् । कांग्रेसको काठमाडौं महानगर अधिवेशनलाई सम्बोधन गर्दै नेता सिंहले अवसर पाएर पनि काम गर्न नसक्नेहरुलाई फेरि गुणगान गाएर त्यही मान्छे चाहिन्छ भन्नु सान्दर्भिक नहुने बताए ।‘शेरबहादुर दाई, रामचन्द्र दाइ ! अरु थुप्रै नेताहरु हुनुहुन्छ । उहाँहरुले धेरै ठूलो संघर्ष गर्नुभएको छ, डेमोक्रेसीलाई यहाँसम्म ल्याउनको लागि । तर अवसर पाएर पनि काम गर्न नसक्नेहरुलाई फेरि गुणगान गाएर त्यही मान्छे चाहिन्छ भन्नु यो कति सान्दर्भिक हुन्छ ?,’ नेता सिंहले प्रश्न गर्दै अघि भने, ‘व्यक्तिगत रुपमा मेरो त केही छैन । एकदमै माइ डियर दाजुहरु हुनुहुन्छ । मेरै आँखाले देखेको छु, कति दुःख, संघर्ष गर्नुभएको छ । जेल जानुभएको छ । तर काम गर्न नसक्ने मान्छेहरुलाई नेतृत्व दिएर कांग्रेसलाई कहाँ पुर्‍याउन खोजेको ?’

मेटमणिको दावी : अरु दलसँग एकता गर्छौं, चार महिनामा ठूलो पार्टी बन्छौं

९ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरीले अबको चार महिनामा आफूहरुको पार्टी सबैभन्दा ठूलो बन्ने दावी गरेका छन् । बुधबार निर्वाचन आयोगमा एकीकृत समाजवादी पार्टी दर्ताका लागि सनाखत गर्न पुगेका उनले पत्रकारसँगको कुराकानीमा उनले भने, ‘मुलुकमा यो पार्टी चार महिनापछि सबैभन्दा ठूलो पार्टी बन्दैछ । यही पार्टी वरिपरि मुलुकको राजनीति अगाडि […]

प्रचण्ड र माधवलाई प्रश्न- संसदीय दलको नेता बदल्ने हैसियत छैन ?

१२ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा गरेको संसदलाई सर्वोच्च अदालतले बदर गरेपछि ओली नेतृत्वको सरकार संकटमा परेको छ । ‘सर्वोच्च अदालतको फैसला आएपछि एकप्रकारले सरकार संकटमा भइसक्यो’ राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनाल भन्छन्, ‘सरकारलाई योभन्दा ठूलो राजनीतिक संकट, नैतिक संकट अरु के हुन्छ ?’ त्यसकारण यतिबेलासम्म प्रधानमन्त्री ओलीले […]

प्रतिगमन विरूद्धको आन्दोलनमा प्रवासी नेपालीको भूमिका

देबेन्द्र बस्याल मानव जब जंगली अवस्थाबाट सभ्य समाजमा प्रवेश गर्यो, त्यतिबेला देखिनै मानिसहरुले समाजमा के गर्न हुने, के गर्न नहुने जस्ता समाजिक नियम–कानुनहरु बनाएर समाजलाई मर्यादित बनाउने कोशिस गरेको देखिन्छ । जस्तो कि खाने पानीको वरीपरी थान बनाउने, पुजा गर्ने चलन थियो र त्यहाँ वरिपरी दिसापिसाव गर्नुहुन्न भन्ने जनचेतना फैलाउने र त्यो क्षेत्रलाई सफा राख्ने गरेको इतिहास अहिले पनि ताजै छ । उनीहरुले बालीनाली भित्र्याउनुपूर्व देवतालाई चढाएर मात्र खानु पर्छ भन्ने नियम बसाएका थिए । जस्तो कि मकैको सुत्ला लाग्न थालेपछि नै खान थाल्ने हो भने अवस्था के होला ? यसरी पहिलेका मानिसहरुले समाजलाई एउटा बन्धनमा राखेर सभ्यताको विकासमा अघि बढेको देखिन्छ । त्यसरी यदी कसैले खानेपानीको मुहान वरिपरी दिसापिसाव गरेको खण्डमा उसलाई देवताले सजाय दिने कुरा अथवा विषेशगरी केटाकेटीहरुका कान काटिदिन्छन् भन्ने जस्ता डर, त्रास देखाएर कानुनको पालना गर्न लगाउँथे । समाज त्यतिवेला अस्तव्यस्त थियो । यौनको सवाल, खाद्यान्नको सवाल, निवासको सवाल, खेतीपातीको सवाल, पशुपालनको सवाल अत्यन्तै कठिन अवस्थाबाट समाज गुज्रेको थियो । त्यो बेला बनाइएका नियम कानुनहरु कडाईका साथ पालना नगरिएको हुन्थ्यो भने अहिलेको अवस्थामा मानव समाज आइपुग्न अरु धेरै समय लाग्ने थियो । अहिले हामीले देखेका मठ मन्दिर, विभिन्न धर्म, धार्मिक ग्रन्थहरु यी सबै कुराहरु समाजलाई, राष्ट्रलाई वा देशलाई संचालन गर्नको लागि बनाइएका नियम कानुनहरु बाहेक अरु केही होइनन् । त्यसैले लिखित वा अलिखित जुनसुकै कानुनका वा नियमका सर्वमान्य विषयहरुलाई कडाइकासाथ पालना गर्ने वा लागू नगराउने हो भने समाज विनामियोको दाईं जस्तो भद्रगोल वा लथालिङ्ग बन्न जान्छ । नियम कानुन बनाउने ठूलो कुरा होइन ठूलो कुरा त त्यसलाई कार्यन्वयन गर्नु हुनजान्छ । एकजना भारतीय लेखकले भनेका छन् ‘हाम्रो देशमा नेता, डाक्टर र बाबाहरु धेरै छन् । त्यसैले देश पछि परेको छ । किनभने उनीहरुले कानुनको पालना गर्नु पर्दैन ।’ हो, भारतमा पनि कानुन बनाउन उनीहरु सिपालु छन् तर कार्यन्वयन पक्ष कमजोर छ । नेता, बाबा, र डाक्टरहरुका आडमा ठूलाठूला अपराधीहरुले पनि उन्मुक्ति ...