प्रतिगमन विरूद्धको आन्दोलनमा प्रवासी नेपालीको भूमिका

देबेन्द्र बस्याल मानव जब जंगली अवस्थाबाट सभ्य समाजमा प्रवेश गर्यो, त्यतिबेला देखिनै मानिसहरुले समाजमा के गर्न हुने, के गर्न नहुने जस्ता समाजिक नियम–कानुनहरु बनाएर समाजलाई मर्यादित बनाउने कोशिस गरेको देखिन्छ । जस्तो कि खाने पानीको वरीपरी थान बनाउने, पुजा गर्ने चलन थियो र त्यहाँ वरिपरी दिसापिसाव गर्नुहुन्न भन्ने जनचेतना फैलाउने र त्यो क्षेत्रलाई सफा राख्ने गरेको इतिहास अहिले पनि ताजै छ । उनीहरुले बालीनाली भित्र्याउनुपूर्व देवतालाई चढाएर मात्र खानु पर्छ भन्ने नियम बसाएका थिए । जस्तो कि मकैको सुत्ला लाग्न थालेपछि नै खान थाल्ने हो भने अवस्था के होला ? यसरी पहिलेका मानिसहरुले समाजलाई एउटा बन्धनमा राखेर सभ्यताको विकासमा अघि बढेको देखिन्छ । त्यसरी यदी कसैले खानेपानीको मुहान वरिपरी दिसापिसाव गरेको खण्डमा उसलाई देवताले सजाय दिने कुरा अथवा विषेशगरी केटाकेटीहरुका कान काटिदिन्छन् भन्ने जस्ता डर, त्रास देखाएर कानुनको पालना गर्न लगाउँथे । समाज त्यतिवेला अस्तव्यस्त थियो । यौनको सवाल, खाद्यान्नको सवाल, निवासको सवाल, खेतीपातीको सवाल, पशुपालनको सवाल अत्यन्तै कठिन अवस्थाबाट समाज गुज्रेको थियो । त्यो बेला बनाइएका नियम कानुनहरु कडाईका साथ पालना नगरिएको हुन्थ्यो भने अहिलेको अवस्थामा मानव समाज आइपुग्न अरु धेरै समय लाग्ने थियो । अहिले हामीले देखेका मठ मन्दिर, विभिन्न धर्म, धार्मिक ग्रन्थहरु यी सबै कुराहरु समाजलाई, राष्ट्रलाई वा देशलाई संचालन गर्नको लागि बनाइएका नियम कानुनहरु बाहेक अरु केही होइनन् । त्यसैले लिखित वा अलिखित जुनसुकै कानुनका वा नियमका सर्वमान्य विषयहरुलाई कडाइकासाथ पालना गर्ने वा लागू नगराउने हो भने समाज विनामियोको दाईं जस्तो भद्रगोल वा लथालिङ्ग बन्न जान्छ । नियम कानुन बनाउने ठूलो कुरा होइन ठूलो कुरा त त्यसलाई कार्यन्वयन गर्नु हुनजान्छ । एकजना भारतीय लेखकले भनेका छन् ‘हाम्रो देशमा नेता, डाक्टर र बाबाहरु धेरै छन् । त्यसैले देश पछि परेको छ । किनभने उनीहरुले कानुनको पालना गर्नु पर्दैन ।’ हो, भारतमा पनि कानुन बनाउन उनीहरु सिपालु छन् तर कार्यन्वयन पक्ष कमजोर छ । नेता, बाबा, र डाक्टरहरुका आडमा ठूलाठूला अपराधीहरुले पनि उन्मुक्ति ...