तिहार आयो, ढुक्क हुनुस् फूल पाइन्छ !

काठमाडौं । तिहार आउने क्रम सुरु हुँदै छ । जलवायु परिवर्तनका कारण आएको अस्वाभाविक वर्षाले धानबाली तथा अन्य बिरुवामा गम्भीर क्षति पु(याए पनि तिहारमा अत्यधिक चाहिने सयपत्री, मखमली फूलहरूको अभाव भने नहुने भएको छ । मुलुक सयपत्री फूलमा आमनिर्भर हुँदै गएकाले पनि तिहारमा सयपत्री फूलको मालाको अभाव नहुने देखिएको हो । पछिल्लो समय किसानले सयपत्री […]

सम्बन्धित सामग्री

तुलसीपुरले रोक लगायो प्लास्टिकजन्य फूल र मालाको व्यापार

रुपन्देही । दाङको तुलसीपुर उपनगरपालिकाले बजारमा प्लास्टिकजन्य फूल र मालाको व्यापारमा रोक लगाएको छ । दशैं तिहार पर्वमा सयपत्री र मखमली फुल उत्तम मानिए पनि पछिल्लो समय बजारमा कृत्रिम फूलमाला भित्रिँदै जाँदा प्लास्टिकका फूलमाला चलनचल्तीमा आएकोले उपमहानगरले रोक लगाएको हो । प्लास्टिकबाट बनेका माला धेरै समय टिक्ने, हेर्दा आकर्षक देखिने भएकाले बढी प्रयोगमा आएको पाइन्छ […]

सामाजिक–सांस्कृतिक महत्त्वको विशिष्ट पर्व

झिलीमिली बत्ती, बारीमा ढकमक्क फूलेका फूल, सप्तरंगी टीका, सफा र चिटिक्क घरआँगन, लिंगे पिङको चचहुई, कामविशेषले बाहिर रहेकाहरू घर फर्किएपछिको भेटघाट, एउटा बिछट्टको उत्सवमय माहोल... । यो परिदृश्यबाट सबैले सम्झने पर्व हो तिहार । वर्षमा हरेक दिनजसो कुनै न कुनै पर्व पर्ने नेपाली समुदायमा तिहार आफ्नै विशिष्टता र गरिमा बोकेको चाड हो । हिन्दू धर्मावलम्बीले धूमधामसँग मनाउने गरे तापनि सामाजिक सांस्कृतिक रूपमा तिहारले सबै जाति, समुदाय र धर्मावलम्बीलाई जोडेको छ । आफन्त तथा साथीभाइहरूसँग गरिने भेटघाट र शुभकामना आदन–प्रदानबाट आत्मीयता, माया, प्रेम, सद्भाव, भाइचारा, मेलमिलाप र निकटता कायम राख्ने यो पर्वले सबैलाई अपनत्व महसूस गराएको पाइन्छ । दीप (बत्ती)हरूको पर्व भएकाले तिहारलाई दीपावली पनि भनिन्छ । भारतमा यस पर्वलाई दिवालीको रूपमा भव्यसँग मनाइन्छ । यसबाहेक भुटान, म्यान्मा, थाइल्याण्डका साथै नेपाली समुदायको बसोवास रहेको सबैजसो मुलुकमा उत्तिकै महत्त्वको साथ मनाइन्छ । देशअनुसार यसलाई मनाउने तरिकामा भिन्नता पाइन्छ । नेपालमै पनि समुदाय विशेषले यो पर्वलाई आफ्नै रीतिरिवाज र चलनअनुसार मनाउँछन् । धार्मिक, सामाजिक, सांस्कृतिक, आर्थिक, व्यावसायिक लगायत कुनै न कुनै दृष्टिकोणबाट सबै जाति, भौगोलिक परिवेश र समुदायलाई जोड्ने भएकाले तिहारलाई नेपालको राष्ट्रिय पर्व मान्न सकिन्छ । तिहार रङ र फूलहरूको पर्व पनि हो । सयपत्री, मखमली, गोदावरी लगायत फूल तथा रङहरूले मानिसको मनमा खुसीयाली र उमंगको सञ्चार गराउँछ । पिङ खेल्ने, दीपावली गर्ने, देउसीभैलो खेल्ने, सेलरोटी, अनरसा आदि पक्वान्नसहित विभिन्न फलफूल तथा मिष्ठान्न खाने, दिदीबहिनीका हातबाट सप्तरंगी टीका लगाउने लगायत गतिविधि तिहारका पारम्परिक विशेषता हुन् । धन्वन्तरि जयन्ती, धनतेरसको रौनक तिहारको पहिलो दिन (कागतिहार) वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा धन्वन्तरि जयन्ती मनाइन्छ । वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रूपमा जडीबुटी लिएका धन्वन्तरिलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ । यसैगरी धनतेरस विशेषगरी मधेशी एवं मारवाडी समुदायमा बढी प्रचलित छ । यस दिन नेपालको विशेषगरी तराई र भारतमा नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ । त्यस क्षेत्रमा समाजका उच्च, मध्यम वा निम्न सबै वर्गका मानिस आफ्ना आवश्यकता र विलासिताका कतिपय महत्त्वपूर्ण चिजबिजको किनमेलका लागि वर्षभरि यही दिनको प्रतीक्षा गर्छन् । पछिल्ला वर्षहरूमा यो चलन नेपाल शहरी तथा बजार क्षेत्रमा समेत बढ्दै गएको पाइन्छ । जनावरदेखि म्हः पूजा र भाइटीकाको महत्व तिहारका पाँच दिनमा क्रमशः काग, कुकुर, गाई तथा लक्ष्मी, गोवद्र्धन (नेवारी समुदायमा म्हः पूजा) र भाइपूजा गरिन्छ, जसको आफ्नै महत्त्व र महिमा छ । जनावरदेखि मानवसम्मको पूजा हुनु तिहारको अद्वितीय पक्ष हो । यस पर्वले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि ज्वलन्त बनाउँछ । तिहारमा काग, कुकुर, गाई, गोरुको पूजा गर्नुले यिनीहरूको काम र गुणको कदर तथा सम्मान व्यक्त गर्दछ । तिहार धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गर्ने पर्व समेत हो । लक्ष्मीलाई धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीकको रूपमा पूज्ने गरिन्छ । तिहारको तेस्रो दिन लक्ष्मीपूजा गरेपछि भैलो र तिहारको चौथो दिन गोवर्द्धन पूजापछि द्यौसी खेल्न शुरू गरिन्छ । यसै दिन नेवारी समुदायमा म्हः पूजा गरिन्छ । म्हः पूजा यो समुदायको मौलिक पर्व हो । म्हःको शाब्दिक अर्थ देह अर्थात् शरीर हो । यसर्थ म्हः पूजा आफ्नै देहको पूजा हो । आफूले आफूलाई चिन्ने, म नै सर्वश्रेष्ठ हो भनेर स्वीकार्ने पर्व हो म्हः पूजा । त्यसैले आफ्नो सम्मान गर भन्ने हेतुले म्हः पूजा गरिन्छ । म्हः पूजा आफ्नो क्षमता, परिश्रम र मेहनतको पूजा पनि हो । शरीरमा शान्ति नभई सर्वत्र शान्ति नहुने विश्वास अनुरूप म्हः पूजाको दिन अष्ट चिरञ्जीवीको प्रतीक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरिन्छ । सोही मण्डपमाथि विभिन्न खाद्यवस्तु राखेर आफैले आफैलाई खुवाइने प्रचलन छ । म्हः पूजाकै दिनदेखि नेपाल संवत्को नयाँ वर्ष पनि शुरू हुन्छ । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गराएका थिए । तिहारको अन्तिम दिन भाइटीकाको पनि विशेष महत्त्व रहिआएको छ । यस दिनले दिदीबहिनी र दाजुभाइबीचको प्रगाढ सम्बन्धको महत्त्व प्रतिविम्बित गर्छ । भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइको पूजा गर्ने विधि, आवश्यक पर्ने सरसामग्री र प्रयोग गरिने रङले यसलाई विशेष बनाएको हो । तेल र पानीले छेक्नुपर्ने, बिमिरो लगायत अमिला जातको फलफूल आवश्यक पर्ने, ओखर फुटाइने, एकैपटक सातथरी रङ लगाउने, मखमली माला लगाइने, मसाला, रोटी लगायत मीठा खानेकुरा खाइने आदिजस्ता चलनले पनि भाइटीकालाई जीवन्त बनाएको छ । भाइटीका अर्थात् कात्तिक शुल्क द्वितीयकाको दिन चित्रगुप्त दिवस समेत मनाइन्छ । ब्रह्माको अंशबाट उत्पन्न भएको मानिने चित्रगुप्त यमराजका सहयोगीको रूपमा रहेको पौराणिक कथन पाइन्छ ।

तिहार आयो, ढुक्क हुनुस् फूल पाइन्छ !

काठमाडौं । तिहार आउने क्रम सुरु हुँदै छ । जलवायु परिवर्तनका कारण आएको अस्वाभाविक वर्षाले धानबाली तथा अन्य बिरुवामा गम्भीर क्षति पु-याए पनि तिहारमा अत्यधिक चाहिने सयपत्री, मखमली फूलहरूको अभाव भने नहुने भएको छ । मुलुक सयपत्री फूलमा आमनिर्भर हुँदै गएकाले पनि तिहारमा सयपत्री फूलको मालाको अभाव नहुने देखिएको हो । पछिल्लो समय किसानले सयपत्री […] The post तिहार आयो, ढुक्क हुनुस् फूल पाइन्छ ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

जावलाखेलमा ढकमक्क फूल (फोटो फिचर)

काठमाण्डाै - ढकमक्क फुलेका फूलले कसलाई नलोभ्याउला ? ढकमक्क फुलेका फूलले आँखालाई आनन्द दिन्छ भने मनलाई शान्ति । अहिले ललितपुरको जावलाखेलमा ओहोरदोहोर गर्नेहरु पनि ढकमक्क फुलेका फूल देखेर एकैछिन टक्क अडिएर फूल हेर्छन्, सुम्सुम्याउँछन् र फोटो खिच्छन् । शुक्रवारदेखि सुरु भएको पुष्प प्रदर्शनीले जावलाखेलको खेल मैदानलाई ढकमक्क ढाकेको छ । प्रदर्शनीमा राखिएका फूलले अवलोकनकर्तालाई आकर्षित गरेको छ । अबको चार दिनसम्म जावलाखेलको खेल मैदानमा यस्तै ढकमक्क फुलेका सयपत्री, गोदावरीलगायत फूल हेर्न र किन्न पाइन्छ ।  तिहार नजिक...

जावलाखेलमा ढकमक्क फूल (फोटो फिचर)

काठमाण्डाै - ढकमक्क फुलेका फूलले कसलाई नलोभ्याउला ? ढकमक्क फुलेका फूलले आँखालाई आनन्द दिन्छ भने मनलाई शान्ति । अहिले ललितपुरको जावलाखेलमा ओहोरदोहोर गर्नेहरु पनि ढकमक्क फुलेका फूल देखेर एकैछिन टक्क अडिएर फूल हेर्छन्, सुम्सुम्याउँछन् र फोटो खिच्छन् । शुक्रवारदेखि सुरु भएको पुष्प प्रदर्शनीले जावलाखेलको खेल मैदानलाई ढकमक्क ढाकेको छ । प्रदर्शनीमा राखिएका फूलले अवलोकनकर्तालाई आकर्षित गरेको छ । अबको चार दिनसम्म जावलाखेलको खेल मैदानमा यस्तै ढकमक्क फुलेका सयपत्री, गोदावरीलगायत फूल हेर्न र किन्न पाइन्छ ।  तिहार नजिक...

दशैँमा सुदूरपश्चिम घुमौँ, यी हुन् मनै लोभ्याउने दर्जन गन्तव्य

सुदूरपश्चिम नेपालको पर्यटनको खानी हो । यद्यपी, पश्चिमी नाका हुँदै नेपाल आउने पर्यटकहरु त्यहाँ लामो समय बस्दैनन् । सुदूरपश्चिममा पर्यटनको अत्यन्त सम्भावना हुँदाहुँदै पनि ती क्षेत्रका गन्तव्यको प्रचार कम मात्रामा भएको छ ।कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारतसहित अन्य मुलुकका पर्यटक नेपाल भित्रिन्छन् । तर, कोरोनाका कारण अहिले सुस्ताएको छ । तथापी, दशैँ र तिहार जस्ता चाडको अवसरमा काठमाडौँ र अन्य शहरका मानिसहरु सुदूरपश्चिम घुम्न निस्कने हो भने त्यहाँका पर्यटकीय गन्तव्यको प्रचारमा सघाउ पुग्ने छ । फलस्वरुप विदेशी पर्यटकहरु सुदूरपश्चिम घुम्न आउने सम्भावना बलियो छ ।कर्णाली पुलकर्णाली नेपालको सबैभन्दा लामो नदी हो । त्यो नदीमा बनाईएको एकखम्बे पुल सुदूरपश्चिमलाई संघिय राजधानी काठमाडौँसँग जोड्ने प्रमुख पुल हो । ५ सय मिटर लम्बाइ र १४ मिटर चौडाइको यो पुल सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनका लागि मुख्य गन्तव्यका रुपमा प्रचार गर्न सकिन्छ ।टीकापुर पार्कस्वीट्जरल्याण्डको लक्साल शहरको नक्साका आधारमा ठ्याक्कै त्यस्तै देखिने गरी रेखाङ्कन गरिएको टीकापुर पार्क ५ विगाहा क्षेत्रफलमा फैलिएको छ । ८० प्रकारका गुलाबका फूल यो पार्कमा पाइन्छ ।यति मात्रै नभई २०२८ सालमा तत्कालीन राजा महेन्द्रले त्यहीबाट १ महिना शासन चलाएका कारण पनि त्यो विषयको अध्ययनका तथा पिकनिक र चलचित्र छायांकनका लागि टीकापुर पार्क प्रमुख गन्तव्य बन्न सक्छ ।घोडाघोडी तालघोडाघोडी ताल विश्वरामसार सूचीमा सूचीकरण भएको नेपालकै महत्वपूर्ण ताल हो । २ हजार ५६३ हेक्टरमा हातको हत्केला आकारको यो तालका १९ वटा उपतालहरू छन् । २४५ प्रजातिका चराचुरुङ्गी, पानी हाँस, जंगली धान लगायतका लागि घोडाघोडी ताल आकर्षक र रमणीय पर्यटकीय गन्तव्य हो ।एकमात्र राणाकालीन दरबारकैलालीको चुरे गाउँपालिकास्थित गर्वा दरबार सुदूरपश्चिमकै एक मात्र राणाकालीन दरबार हो । १९८२ सालमा निर्माण गरिएको यो दरबार इतिहासको अध्ययनका लागि पुग्नैपर्ने ठाउँ हो ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिंगेका लागि प्रसिद्ध छ । निकुञ्जभित्र जीप ड्राइभ, हात्ती सफारी र जंगल वाकको प्रवन्ध छ । हिरापुर फाँटामा कृष्णसार संरक्षण गरिएको छ । आरक्षको एकछेउमा हात्तीसार छ । त्यहाँ हात्ती चढ्न पाइन्छ ।शुक्लाफाँटामा बाघ, खरायो, हात्ती, गैँडा लगायतका जीव जनावर हेर्न पाईने शुक्लाफाँटामा आधा दर्जनभन्दा बढी तालहरू छन् ।ताराताल, रानीताल, बठनिया ताल, बाउन्नेताल, शिकारीताल, सलगौडी ताल रहेको यो निकुञ्ज क्षेत्र ३०५ वर्गकिलोमिटरमा फैलिएको छ । दोधारा चाँदनीकञ्चनपुरको दोधारा चाँदनी पुल नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल हो । यो पुलले नेपाल पारिका तर नेपालकै २ ठाउँ दोधारा र चाँदनीलाई जोडेको छ । आन्तरिक पर्यटकको भीड हुने यो ठाउँमा बाह्य पर्यटक पनि तान्न सकिन्छ ।अमरगढी र अजयमेरूकोटअमरगढी किल्ला डडेल्धुराको ऐतिहासिक किल्ला हो । यो किल्लका अवलोकनका लागि आन्तरिक पर्यटकको भीड लाग्छ ।डडेल्धुराको अजयमेरू गाउँपालिकास्थित अजयमेरूकोट दरबार ऐतिहासिक दरबार हो । खप्तडपश्चिम नेपालका ४ पहाडी जिल्लाहरू बझाङ, बाजुरा डोटी र अछाम जिल्लाको संगमस्थलमा रहेको खप्तड आन्तरिक र बाह्य पर्यटकको रोजाईको गन्तव्य हो ।खप्तड परिसरमा २२ वटा पाटन छन् । सुदूरपश्चिमकै सबैभन्दा प्रसिद्ध पर्यटकीय गन्तव्य खप्तड घुम्न अहिलेको समय अति उपर्युक्त समय हो । २ हजार ७ सयदेखि ३ हजार २२७ मिटरसम्मको उचाइमा २२५ वर्गकिलोलोमिटर क्षेत्रफलमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्ज विश्वमै अति दुर्लभ मानिने दलदले घाँसे मैदान हो । खस्रु, धुपीसल्ला र लालीगुराँसको घारीका बीचमा रहेको पाटन, खप्तडबाबाको आश्रम यहाँका विशेषता हुन् । रामारोशनअछामको रामारोशन गाउँपालिका अवस्थित पर्यटकीय क्षेत्र रामारोशनलाई बाह्र बण्ड, अठार खण्डका नामले पनि चिनिन्छ । यो क्षेत्रमा १२ वटा ताल र १८ वटा ठूलाठूला चौर छन् ।यहाँ १२ प्रकारका लालीगुराँस पाइन्छन् । नेपालको राष्ट्रिय चरा डाँफे नाँचिरहेको देख्न पाईने यो क्षेत्र पनि अहिले घुमफिरका लागि राम्रो समय हो ।बडिमालिकाबडिमालिकालाई भूस्वर्ग नै मानिन्छ । हिन्दुका देवादिदेव भगवान शिवले लामो समय बिताएको मानिने बडिमालिका धार्मिक दृष्टिले अत्यन्त महत्वको क्षेत्र हो । समुद्री सतहबाट ४ हजार २१९ मिटर उचाइमा रहेको यो क्षेत्र हिमालसँगै विशाल फाँटमा रमाउनेका लागि पुग्नैपर्ने गन्तव्य हो ।अपि बेसक्याम्पदार्चुला जिल्लामा पर्ने ७ हजार १३२ मिटर उचाईको अपि हिमालको आधार शिविरसम्म पदयात्राका लागि यो ठाउँ अत्यन्त रोमाञ्चक ठाउँ हो ।अपि र नम्पा हिमालसँगै रिङदेपानी, कायाकोर, कालीढुंगा र बबई हिउँचुली लहरै उभिएको दृश्यले जो कोहीलाई पनि मन्त्रमुग्ध बनाउँछ । हिउँचितुवा, रेडपान्डा, मृग, घोरल, झारल, भालुसहित डाँफे, मुनाल देख्न पाईने यो क्षेत्र सुन्दर सुदूरपश्चिमका देउडा भाका सुन्दै यात्रा गर्नुको मजा बेग्लै हुन्छ । व्यास (मानसरोवारको प्रवेशद्वार)सौका समुदायको बसोबास रहेको व्यास उपत्यका दार्चुलाको कुनामा छ । कैलाश मानसरोवरको मुख्य प्रवेशद्वार मानिने यो क्षेत्र प्राकृतिक सौन्दर्यका साथमा त्यहाँका सौका समुदायको परम्परा र संस्कृति आकर्षणको केन्द्र हो ।