काठमाडाैं : भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा शिवमाया तुम्बाहाङ्फेले भूमिहीन र अव्यवस्थित बसोबास गर्ने नागरिकको समस्या समाधानमा सरकार गम्भीर रहेको बताइन्। बिहीबार काठमाडौंको कीर्तिपुरस्थित पाँगा बालकुमारी क्षेत्रका बासिन्दालाई लालपुर्जा वितरण गर्न आयोजित कार्यक्रममा संविधानले नै भूमिहीनलाई भूमि उपलब्ध गराउने भनेकोले सोहीअनुसार नै नियम कानुनहरु बनेको र सरकारले पनि भूमि उपलब्ध गराउने मन्त्री तुम्बाहाङ्फेले बताइन्।अहिले भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गरेर ७७ वटै