एमसीसी पारित गर्न खोजिएको भन्दै पाँच पार्टीले गरे नेपाल बन्दको घोषणा

एमसीसी सम्झौताविरुद्ध ५ वटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले भोलि नेपाल बन्दको घोषणा गरेका छन् । भोलिको प्रतिनिधि सभाको बैठकमा एमसीसी टेबल हुने सम्भावना रहेको प्रधानमन्त्रीले बताइरहँदा वाम पार्टीहरुले बन्दको घोषणा गरेका हुन् ।

सम्बन्धित सामग्री

विरोधका बीच एमसीसी पारित गराउने तयारी

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गराउन जोडबल सुरु भएको छ । काँग्रेसकै जोबडलमा बुधबार बस्ने प्रतिनिधिसभा बैठक एमसीसी टेबल गर्ने तयारी भएको छ भने त्यसका लागि कार्यसूची तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । कार्यसूची तय भएपछि काँग्रेस नेतृत्वको सरकारले एमसीसी टेबल गराउनेछ । यद्यपि एमसीसीबारे सत्तारुढ दलनै एकमत छैनन् भने साना राजनीतिक दलदेखि जनस्तरसम्म यसको तीव्र विरोध भइरहेको छ । एमसीसीको विरोध गर्दै ५ दलले बुधबार नेपाल बन्दको घोषणा नै गरेका छन् भने आन्दोलनलाई थप सशक्त...