एमसीसी पारित भएपछि सत्ता समर्थक जनमोर्चासहित आठ कम्युनिष्ट घटकले सोमबार नेपाल बन्द गर्ने

एमसीसी पारित भएसँगै एमसीसीको विरोधमा उत्रिदै आएका आठ साना वाम घटकले आन्दोलनको घोषणा गरेका छन् । सोअनुसार आइतबार बेलुकी मसाल जुलुस निकाले भने सोमबार नेपाल बन्दको घोषणा गरेका छन् । नेपाल बन्द घोषणा गर्नेमा सत्ता समर्थक दल राष्ट्रिय जनमोर्चासमेत रहेको छ ।