बुद्ध र बौद्ध धर्म–दर्शनसम्बन्धी अध्ययन अनुसन्धान र लेखनमा सक्रिय लेखक वसन्त महर्जनको एघारौं बौद्ध पुस्तक ‘बुद्ध विमर्श’ प्रकाशित भएको छ । बुद्ध भनेका गौतम बुद्ध एकजना मात्रै नभएर विगतमा बोधि (ज्ञान) प्राप्त गर्ने अनेकौं नामका अन्य बुद्धहरु पनि रहेकोे र ती बुद्धहरुको पनि बौद्ध समाजबाट आदर सत्कार हुने जानकारी पुस्तकमा परेको छ । यसरी नै बज्रयानी बौद्ध समाजमा प्रचलित ‘पञ्चबुद्ध’ को अवधारणा प्रस्तुत गर्दै तिनीहरु मानव बुद्ध नभएर बौद्ध दर्शनलाई बुझ्न र बुझाउन ध्यान साधना