भेडेटारमा १० वर्षमा तयार भयो ‘लिफ्ट’ खानेपानी

काठमाडौँ । पूर्वको पर्यटकीय नगरी भेडेटारमा लिफ्टमार्फत खानेपानी आयोजना सञ्चालनमा आएको छ। धनकुटाको साँगुरीगढी गाउँपालिका-६ मा १० वर्षअघि सुरु भएको भेडेटार खानेपानी आयोजना सञ्चालनमा आएको हो।  २०६९ सालमा खानेपानी, सरसफाइ तथा ढल निकास क्षेत्रीय कार्यालय धनकुटाले सुरु गरेको आयोजनाको काम संघीय संरचनापछि हाल प्रदेश सरकार मातहतको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनकुटाले सञ्चालन गर्दै आएको […]

सम्बन्धित सामग्री

बजेट अभावमा थलियो लिफ्ट खानेपानी आयोजना

गलकोट (बागलुङ), ४ फागुन । विसं २०७७ बाट सुरु भएको बागलुङको लामिचौर लिफ्ट खानेपानी आयोजना बजेट अभावमा अलपत्र परेको छ । लगातार काम भएको भए तीन वर्षमा घर–घरमा खानेपानी पुग्नुपर्ने भए पनि आयोजना कहिले सकिन्छ भन्ने टुङ्गो लागेको छैन । बागलुङ नगरपालिका–८ सिगाना लामाचौरको दलित बस्तीका दुई सय परिवारमा खानेपानीको चरम समस्या भएको २० वर्ष […]

लिफ्ट खानेपानी आयोजना बन्द हुँदा ११८ घरपरिवार पानीको समस्यामा

२४ असोज, भोजपुर । बाढीले सभाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट खानेपानी आयोजना बगाएपछि स्थानीयवासीलाई पानीको समस्या भएको छ । गत असार २ गते आएको बाढीले क्षति गरेपछि यहाँका एक सय १८ घरपरिवार पानीको समस्यामा परेका हुन् । खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय भोजपुरअन्तर्गत सङ्खुवासभाको चैनपुर नगरपालिका–११ मा सञ्चालन भइरहेको यो आयोजनाबाट तीन सय ८६ घरपरिवारमध्ये […]

खानेपानी आयोजना बाढीले बगाउँदा तीन करोडबराबरको क्षति

बाढीले सभाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट खानेपानी आयोजना बगाउँदा रु तीन करोडबराबरको क्षति भएको छ । खोलाभन्दा करिब सय मिटर वर रहेको आयोजना स्थलमा बाढी पसेर सम्फवेल, पानी तान्ने मोटर पम्प,...

सोलार लिफ्ट खानेपानी योजना अलपत्र

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा देउरालीका स्थानीयलाई लिफ्टमार्फत खानेपानी वितरण गर्नका लागि रु १४ लाख ५० हजारमा निर्माण गरिएको सोलार प्यानल । दुई वर्षअघि सम्पन्न गरिएको सोलार लिफ्ट खानेपानी आयोजना एक महिना नपुग्दै बिग्रिएपछि अहिले अलपत्र अवस्थामा छ । तस्बिर : खेमराज गौतम्रासस

इन्द्रावतीमा १० करोड लगानीमा लिफ्ट खानेपानी

सिन्धुपाल्चोक (अस) । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० मा १० करोड रुपैयाँ लगानीमा लिफ्ट खानेपानी परियोजना निर्माण भएको छ । परियोजनाबाट ५०० घरधुरी लाभान्वित हुने बताइएको छ । ‘जापान एशियन एशोसिएशन एण्ड एशियन फ्रेन्डशिप सोसाइटी नेपाल’ नामक संस्थाको सहयोगमा निर्माण गरिएको लिफ्ट खानेपानी परियोजना स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ । इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङको रोहवरमा सोसाइटीको अध्यक्ष नोरीको आचुताबाट बुढिचौर खानेपानी उपभोक्ता समितिका अध्यक्ष लीलामणि आचार्यलाई परियोजना हस्तान्तरण गरिएको छ । सोसाइटीले ३ वर्ष अघिदेखि लिफ्ट परियोजना कार्यक्रम सञ्चालनमा ल्याएको थियो । इन्द्रावती गाउँपालिका–१० को पुछार झ्याँडी खोलादेखि बोरिङ गरी लिफ्टमार्फत पालिकाको पर्यटकीयस्थल बुढीचौरसम्म पानी लिफ्ट गरेर ल्याइएको इन्द्रावती गाउँपालिका–१० का वडाध्यक्ष जीवनकुमार थापा मगरले बताए । उनका अनुसार यो कार्यक्रमले इन्द्रावती गाउँपालिका–१० का सम्पूर्ण बस्तीलाई समेटेको छ । परियोजनाबाट पिउने पानी मात्रै नभई वडाभरकै सम्पूर्ण घर परिवारलाई कृषिमार्फत जीविकोपार्जनमा सहयोग पुग्ने उनको भनाइ छ । स्थायी र अस्थायी गरी करीब ४ हजार २०० जनसंख्या बसोवास गर्ने सो वडामा लामो समयदेखि पानीको समस्या थियो ।

निर्माणाधीन १५ करोडको लिफ्ट खानेपानी योजना चैतभित्रै सक्न निर्देशन

झण्डै रु १५ करोडको लागतमा निर्माणाधीन लिफ्ट खानेपानी आयोजना चैत मसान्तभित्रै सम्पन्न गर्न गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले ताकेता गरेको छ । जिल्लाको सबैभन्दा ठूलो लिफ्ट खानेपानी आयोजनाका रुपमा रहेको फलेवास नगरपालिका–३ शङ्करपोखरी र वडा नम्बर २ थापाठानामा निर्माणाधीन लमाएखोला बृहत् लिफ्ट खानेपानी आयोजनाको काम चैत मसान्तभित्र सम्पन्न गर्न मन्त्रालयले ताकेता गरेको हो ।तीन वर्षसम्म पनि आयोजनाको काम नसकिएपछि बुधबार अनुगमनमा आएका मन्त्रालयका सचिव रामकुमार श्रेष्ठले आयो

रत्नेचौर लिफ्ट खानेपानी आयोजनाको निर्माण कार्य अलपत्र

मंसिर ७, म्याग्दी । कालीगण्डकीको पानी तानेर म्याग्दीको बेनी नगरपालिका–१ का घरघरमा खानेपानी सुविधा पुर्‍याउने उद्देश्यले शुरु भएको रत्नेचौर लिफ्ट खानेपानी आयोजना अलपत्र परेको छ ।  करीब रू. सात करोडको खानेपानी आयोजनाले ठेक्का सम्झौता भएको १६ महीनासम्म पनि गति लिन नसकेको हो । सम्बद्ध कार्यालयको बेवास्ता र निर्माण व्यवसायीको लापरबाहीले प्रारम्भिक चरणको काम पनि हुन नसकेको बेनी नगरपालिका–१ रत्नेचौरका वडा अध्यक्ष टेकबहादुर रावलले बताए ।  ‘निर्माण व्यवसायीले गर्नेबाहेकका श्रमदानबाट गर्नुपर्ने काम गर्न उपभोक्ता बनाएका थियौँ,’ उनले भने, ‘गत वर्ष काम हुन सकेन । यो वर्ष नाला खन्नेपुर्ने कामका लागि उपभोक्ता तयार छन् । छिटो काम अघि बढाउन निर्माण व्यवसायी र कार्यालयलाई ताकेता गरेका छौँ ।’  खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दी र प्राकृतिक–प्रदीप–जुम्ली जेभीबीच २०७७ साल असार २४ गते रू. दुई करोड ७५ लाख ३६ हजार ५०६ मा ठेक्का सम्झौता भएको थियो । कुल रू. ६ करोड ७६ लाख लागत अनुमान गरिएको आयोजनाको उपभोक्ता समितिले गर्नुपर्ने बाहेकका संरचना बनाउन ठेक्का लगाइएको हो ।   विसं २०७९ असार २३ गतेसम्म मुहानमा इनार, मुख्य लाइन, संकलन, रिजर्भ र वितरण ट््यांकीलगायत संरचना निर्माण गरिसक्ने सम्झौता भएको आयोजनाको हालसम्म एउटा रिजर्भ ट्यांकी पनि निर्माण पूरा भएको छैन । आधा काम भएको रिजर्भ ट्यांकीका संरचना पनि जीर्ण बनेका छन् । निर्माण कम्पनीका सञ्चालक र कार्यालयका प्रमुखबीचको असमझदारीले आयोजना प्रभावित बनेको वडाध्यक्ष रावलको गुनासो छ ।  विसं २०७७ माघ ११ गते सांसद भूपेन्द्रबहादुर थापाले आयोजनाको शिलान्यास गर्नुभएको थियो । सिमस्थित कालीगण्डकी नदी किनारबाट पानी तानेर रत्नेचौर, उपल्लाचौर र सालघारीमा २४३ घरधुरीमा निजी धारामार्फत खानेपानी वितरण गर्ने योजना छ ।  ३० हर्सपावर क्षमताको सम्पवयलको सहायताले प्रतिसेकेन्ड ४ दशमलव ७ लिटर पानी ४५० मिटर माथि सालघारीमा निर्माण हुने ११५ क्युबिक क्षमताको ट्यांकीमा खसालेर घरघरमा धारा जडान गरेर वितरण गरिने भएको छ ।  घरघरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिने यो आयोजनाको वितरण लाइनको कुल दूरी १८ दशमलव ७ किलोमिटर छ । निर्माण कम्पनीका सहायक ठेकेदार होमनाथ सापकोटाले कोरोनाको जोखिम, निषेधाज्ञा र बर्खाका कारण रोकिएको कामलाई तीव्रता दिने बताए । ‘कार्यालयसँगको असमझदारी हटेको छ,’ उनले भने, ‘काम सुचारु गर्ने तयारीमा छौँ । अब तीव्रताका साथै संरचना बनाउँछौँ ।’  रत्नेचौरमा विसं २०३५ मा निर्माण भएको खानेपानी आयोजना जीर्ण र अव्यवस्थित छ । जीर्ण संरचना र मुहान सुक्दै गएकाले पर्याप्त पानी आपूर्ति हुन सकेको छैन । आयोजना निर्माणमा भएको ढिलाइले खानेपानी उपभोग गर्न पाउने आशा गरेका नागरिक निराश बनेका स्थानीयवासी कृष्ण बोगटीले बताए । रासस

तस्वीर : बागलुङ जिल्लाकै ठूलो लिफ्ट खानेपानी आयोजनाको मुहान

बागलुङ जिल्लाकै ठूलो लिफ्ट खानेपानी आयोजना बागलुङ बजार लिफ्ट खानेपानी आयोजनाको पानी तान्नका लागि काठेखोला छेउमा बनाइएको मुहान (समवयल) । उक्त पाँच स्थानबाट तानेको पानी शुद्धिकरण गरी बागलुङ बजारमा वितरण गरिने छ । उक्त आयोजना खानेपानी तथा ढल व्यवस्थापन विभागको रू. ४५ करोड लागतमा ६० हजार जनसंख्यालाई खानेपानी वितरण गर्ने लक्ष्य रहेको छ । तस्वीर : रासस

तमोरमा लिफ्ट खानेपानी

कुम्मायक गाउँपालिकाको यासोक क्षेत्रमा तमोर नदीबाट लिफ्टिङ प्रविधिबाट खानेपानी आयोजना निर्माणाधीन छ । ३ वर्ष अघि सुरु भएको तमोर लिफ्ट खानेपानी अयोजनाको काम ७० प्रतिशत बाँकी छ ।