एलोप्याथीको विरोध गरेर चर्चामा रहेका बाबा रामदेवले छिट्टै कोरोनाविरुद्धको खोप लगाउने बताएका छन् ।
उनले अरूलाई पनि खोप लगाउन अपील गरेका छन् । केही दिनअघि एलोप्याथीका विषयमा विवादित बयान दिएपछि रामदेवको प्रखर विरोध भएको थियो र उनले बयान फिर्ता लिएका थिए । उनले खोपको प्रभावकारिताका विषयमा पनि प्रश्न उठाएका थिए ।
योगले कोरोनाबाट हुने जटिलताबाट बचाउने, त्यसैले योगाभ्यास नियमित रूपमा गर्नुपर्ने उनको भनाइ छ ।
एलोप्याथिक औषधिका विषयमा दिएको बयानका कारण फेडरेसन अफ अल इन्डिया मेडि...