गत जेठ २१ र २७ गते भएको मन्त्रिपरिषद विस्तार प्रथम दृष्टिमै संविधानसम्मत नदेखिएको भन्दै सर्वोच्च अदालतले उपप्रधानमन्त्रीद्वय राजेन्द्र महतो र रघुवीर महासेठसहित २० मन्त्रीलाई मंगलबार पदमुक्त गरिदियो । तर, त्यही लटमा उपप्रधानमन्त्रीमा बढुवा भएका अर्थमन्त्री विष्णु पौडेलको उपप्रधानमन्त्री पद भने अदालतले कायमै राख्यो ।विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा कायमै राख्ने सर्वोच्चको आदेशमा संगति नमिलेको कानूनका जानकार बताउँछन् । सार्वजनिकरुपमा नाम उल्लेख गर्न नचाहने एक अधिवक्ताले रातोपाटीसँग भने,‘ विष