काँग्रेसले टुंग्यायो राष्ट्रियसभा सदस्यको उम्मेदवार

नेपाली काँग्रेस राष्ट्रियसभा सदस्यका लागि पार्टीबाट चुनाव लड्ने उम्मेदवार टुंगो लगाएको छ । सोमबार बसेको पार्टी केन्द्रीय समिति बैठकले उम्मेदवारको टुंगो लगाएको हो । जसअनुसार प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ  र सुदूरपश्चिममा नारायण मिश्र उम्मेदवार रहने निश्चित भएको छ ।उम्मेदवारमध्ये पन्त पार्टीको हालै भएको महाधिवेशनमा सहमहामन्त्री पराजित भएकी थिइन् । यस्तै मिश्र सुदूरपश्चिम प्रदेश सभापतिमा

सम्बन्धित सामग्री

राष्ट्रियसभा अध्यक्षमा माओवादीबाट नारायण दाहाल उम्मेदवार

२७ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले नेता नारायण दाहाललाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने भएको छ । आइतबार बसेको पदाधिकारी बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले जानकारी दिए । राष्ट्रियसभा अध्यक्षको निर्वाचन २९ फागुनमा हुँदैछ । एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच राष्ट्रियसभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भइसकेको छ । नेपाली […]

कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा शर्मालाई उम्मेदवार बनाउने

काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने भएको छ । लुम्बिनी प्रदेशबाट २०७८ मा राष्ट्रियसभा सदस्यमा निर्वाचित शर्मालाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले गरेको हो । यसअघि कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार कृष्णप्रसाद सिटौलालाई बनाउने तयारी गरेको थियो । तर, गठबन्धनमा आएको परिवर्तनका कारण सिटौला पराजित हुने अवस्थामा पुगेपछि कांग्रेसले शर्मालाई उम्मेदवार बनाउन लागेको […]

गण्डकीमा एमालेबाट चक्र, हेमन्त र सम्झना राष्ट्रियसभा उम्मेदवार

आगामी ११ माघमा हुने राष्ट्रियसभा निर्वाचिनमार्फत गण्डकी प्रदेशबाट चुनिने तीन पदका लागि नेकपा एमालेले उम्मेदवार टुंग्याएको छ ।

राष्ट्रियसभा निर्वाचनः सुदूरपश्चिममा गठबन्धनका तीनै उम्मेदवार विजयी

राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिममा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन्। गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्य खुल्लातर्फ नेपाली काँग्रेसका नारायणदत्त मिश्र, दलिततर्फ माओवादी केन्द्रका जगत पार्की र महिलातर्फ एकीकृत समाजवादी पार्टीकी मदनकुमारी शाह...

कांग्रेसले टुङ्ग्यायो राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवार

नेपाली कांग्रेसले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार तय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार तय गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकले राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट प्रदेश नं १ मा गोपालकुमार बस्नेत, बागमती प्रदेशमा कृष्णप्रसाद पौडेल, गण्डकी प्रदेशमा …

राष्ट्रियसभा उम्मेदवार छान्न काँग्रेसकाे तयारी

नेपाली काँग्रेसले राष्ट्रियसभा उम्मेदवार चयन गर्न केन्द्रीय समिति बैठक बोलाएको छ । सोमबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकले राष्ट्रिय सभा उम्मेदवार छान्ने छ । यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक बस्ने छ । माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । काँग्रेसले उम्मेदवार छान्नका लागि आन्तरिक तयारी पनि थालेको छ । आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रिय सभाका २० सांसद बिदा हुँदैछन् ।एम

राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेस उम्मेदवार पाण्डे विजयी

लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा सदस्यमा उपनिर्वाचनमा नेपाली कांग्रेसका दृगनारायण पाण्डे विजयी भएका छन् । सोमवार भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन् । कांग्रेस उम्मेदवार पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले समर्थन गरेको थियो । राष्ट्रियसभा सदस्य उपनिर्वाचन २०७८ मा सोमवार भएको मतदानमा २९७ मत खसेको थियो । लुम्बिनीमा कूल ३०० मतदाता रहेका थिए ।

राष्ट्रियसभा उपनिर्वाचनः एमालेको उम्मेदवार को ?

काठमाडाैं।विपक्षी गठबन्धनबारे विश्लेषणपछि मात्र एमालेले राष्ट्रियसभा उपनिर्वाचनमा को उम्मेदवार भन्ने तय गर्ने भएको छ।आजको स्थायी कमिटी बैठकमा उपनिर्वाचनको तयारीको सम्बन्धमा छलफल भएपनि उम्मेदवार भने तय गरेको छैन।“अहिले उम्मेदवार को हुने भन्ने टुङ्गो लागेको छैन।यसबारे पछि कुरा हुन्छ”,उनले भने।एमालेले रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने तयारी गरेपनि कांग्रेस माओवादी गठबन्धनले डा.खिमलाल देवकोटालाई उठाउने निर्णय गरेपछि एमालेले उम्मेदवारका सम्बन्धमा थप तयारी गरेको हो।

राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेदवार बन्न सम्पत्ति विवरण बुझाउनुपर्ने

२२ वैशाख, काठमाडौं । वाग्मती र लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा उम्मेदवार बन्ने व्यक्तिले सम्पत्ति विवरण पेश गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले वाग्मती प्रदेशमा जेठ ६ गते र लुम्बिनी प्रदेशमा जेठ १७ गते राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचन गर्दैछ । वाग्मती र लुम्बिनीमा नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित रामबहादुर थापा र चन्द्रबहादुर खड्काले […]

लुम्बिनीमा एमाले छाडेका पाण्डे राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्ने

२० वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएका दृगनारायण पाण्डेय राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्ने भएका छन् । सोमबार लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको बैठकले पाण्डेलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको हो । ‘मलाई गठबन्धनले राष्ट्रियसभा सदस्य उम्मेदवार बनाउने निर्णय गरेर पत्रकार सम्मेलनमा जानकारी गराइसक्यो’ पाण्डेयले […]