लुम्बिनीमा एमाले छाडेका पाण्डे राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्ने

२० वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएका दृगनारायण पाण्डेय राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्ने भएका छन् । सोमबार लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको बैठकले पाण्डेलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको हो । ‘मलाई गठबन्धनले राष्ट्रियसभा सदस्य उम्मेदवार बनाउने निर्णय गरेर पत्रकार सम्मेलनमा जानकारी गराइसक्यो’ पाण्डेयले […]

सम्बन्धित सामग्री

राष्ट्रियसभा उपनिर्वाचनमा उम्मेदवार बन्न एमालेका ३ नेताको आकांक्षा

९ माघ, काठमाडौं । लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेबाट ३ जनाले उम्मेदवार बन्ने आकांक्षा राखेका छन् । एमालेका एक नेताका अनुसार २५ माघमा हुने उपनिर्वाचनमा रोल्पाका कुमार दसौदी, पाल्पाका झपेन्द्र जिसी र दाङका छविलाल वली आकांक्षी छन् । दसौदी एमाले केन्द्रीय सदस्य हुने भने जिसी केन्द्रीय अनुशासन आयोगका सदस्य र वली केन्द्रीय सल्लाहकार […]

राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना पर्वतबाट प्रतिनिधिसभा सदस्यको उम्मेवार सिफारिस

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना प्रतिनिधिसभा सदस्यका लागि पर्वतबाट उम्मेदवार सिफारिस भएका छन् । नेकपा (एमाले) पर्वतको मङ्गलबार सम्पन्न छैटौँ बैठकले आगामी मङ्सिर ४ गते हुन लागेको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने क्रममा तिमिल्सिनाको नाम सिफारिस गरेको हो ।राष्ट्रियसभामा अध्यक्ष तिमिल्सिनाको कार्यकाल अझै एक वर्षभन्दा बढी रहेको भए पनि गृह जिल्लामा प्रत्यक्ष उम्मेदवार बन्ने इच्छा देखाएमा उम्मेदवार बन्न सक्ने भन्दै बैठकमा प्रस्ताव आएपछि उम्मेदवार सिफारिस ग

प्युठान रोजेका वामदेवलाई कति सहज ? यस्तो छ अंकगणित

नेकपा एमाले छाडेपछि लगभग सक्रिय राजनीतिबाट अलग भएका वामदेव गौतम निर्वाचन घोषणापछि फेरि जुर्मुराएका छन् । हाल राष्ट्रियसभा सदस्य रहेका उनी आसन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ उम्मेदवार बन्ने तयारीमा छन् ।२०७४ को निर्वाचनमा बर्दियाबाट पराजित भएका उनी सत्ता गठबन्धनको सहयोगमा आसन्न निर्वाचनमा उम्मेदवार बन्ने तरखरमा जुटेका हुन् । उनलाई नेकपा माओवादी केन्द्रले आफ्नै चुनाव चिह्न दिने भएको छ । उनी यो पटक प्युठानबाट उम्मेदवार बन्ने चर्चा छ ।प्युठान जिल्लाको प्युठान नगरपालिकामा जन्मिएका गौतम विगतमा यहीँबाट