शिवपुरी आसपासका क्षेत्रमा बँदेल आतंक, सयौँ रोपनीमा लगाइएको मकै नष्ट

काठमाडौँ – शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज आसपासका जिल्लामा बँदेल आतंकले किसान आजित भएका छन्। रातको समयमा हुल बाँधेर आउने बँदेलले खेतबारीमा लगाएको बाली नष्ट गर्दा किसान चिन्तित भएका हुन्। काठमाडौ, सिन्धुपाल्चोक र नुवाकोटमा फैलिएको शिवपुरी निकुञ्जबाट बाहिर निस्किएका बँदेलले आसपासका अरु जिल्लामा समेत बाली नष्ट गरेका छन्। काभ्रेपलाञ्चाेक, मकवानपुर, रसुवालगायतका जिल्लामासमेत बँदेलले किसानले लगाएका मकै […]

सम्बन्धित सामग्री

जङ्गली बँदेल र बाँदरले मकै बाली सखाप पारेपछि किसान चिन्तित

दाङ – बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पश्चिम दाङमा जङ्गली बँदेलले मकै बालीमा क्षति गर्न थालेपछि स्थानीयवासी चिन्तित भएका छन् । मध्यवर्ती क्षेत्र र आसपासका जङ्गली बँदेल र बाँदरले अन्नबाली सखाप पार्न थालेपछि स्थानीयवासी चिन्तित भएका छन् । दाङसँग सिमाना जोडिएको बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बबई गाउँपालिका ७ मलईमा पनि जङ्गली बँदेल र बाँदरले बर्सेनि अन्नबाली नष्ट गर्दै आएको स्थानीयवासीकाे गुनासाे छ । राष्ट्रिय निकुञ्ज भएपछि जङ्गलमा जनावर बढ्दै गएको र गाउँमा आएर अन्नबाली क्षति गर्ने गरेको स्थानीय प्रेम ...

पश्चिम दाङमा बँदेल र बाँदरले नष्ट पारे मकैबाली

दाङ :  पश्चिम दाङमा जंगली बँदेलका कारण स्थानीयले सास्ती भोग्दै आएका छन्। मध्यवर्ती क्षेत्र र आसपासका किसान जंगली बँदेल र बाँदरले अन्नबालीमा क्षति पुर् याएपछि मारमा परेका हुन्। शान्तिनगर गाउँपालिका २ सिमसुन्दुरपुर र विष्णुपुरका किसान दर्जनौँको संख्यामा आउने जंगली बँदेलले मकैबाली नष्ट गरेको बताउँछन्। स्थानीय नेवबहादुर रोकाले रातको समयमा दर्जनौँको बँदेल आएर मकै नष्ट गरेको बताए। अघिल्ला वर्षमा यस्तो थाहा थिएन। बँदेलहरू दिउँसो नजिकै रहेको जंगलमा लुकेर बस्ने र रातको समयमा बारीमा आएर मकै