पश्चिम दाङमा बँदेल र बाँदरले नष्ट पारे मकैबाली

दाङ :  पश्चिम दाङमा जंगली बँदेलका कारण स्थानीयले सास्ती भोग्दै आएका छन्। मध्यवर्ती क्षेत्र र आसपासका किसान जंगली बँदेल र बाँदरले अन्नबालीमा क्षति पुर् याएपछि मारमा परेका हुन्। शान्तिनगर गाउँपालिका २ सिमसुन्दुरपुर र विष्णुपुरका किसान दर्जनौँको संख्यामा आउने जंगली बँदेलले मकैबाली नष्ट गरेको बताउँछन्। स्थानीय नेवबहादुर रोकाले रातको समयमा दर्जनौँको बँदेल आएर मकै नष्ट गरेको बताए। अघिल्ला वर्षमा यस्तो थाहा थिएन। बँदेलहरू दिउँसो नजिकै रहेको जंगलमा लुकेर बस्ने र रातको समयमा बारीमा आएर मकै