दाङ – बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पश्चिम दाङमा जङ्गली बँदेलले मकै बालीमा क्षति गर्न थालेपछि स्थानीयवासी चिन्तित भएका छन् । मध्यवर्ती क्षेत्र र आसपासका जङ्गली बँदेल र बाँदरले अन्नबाली सखाप पार्न थालेपछि स्थानीयवासी चिन्तित भएका छन् ।
दाङसँग सिमाना जोडिएको बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बबई गाउँपालिका ७ मलईमा पनि जङ्गली बँदेल र बाँदरले बर्सेनि अन्नबाली नष्ट गर्दै आएको स्थानीयवासीकाे गुनासाे छ । राष्ट्रिय निकुञ्ज भएपछि जङ्गलमा जनावर बढ्दै गएको र गाउँमा आएर अन्नबाली क्षति गर्ने गरेको स्थानीय प्रेम ...