नेपालगन्जस्थित बागेश्वरी मन्दिर गुठीको बिक्री गरिएको करिब एक सय बिघा जग्गा फिर्ता गर्न ढिलाइ गरिएको छ । जग्गा फिर्ता गराउन सरकारले तत्परता देखाएको छैन । जसका कारण अदालतले दिएको आदेश र सरकारले गठन गरेको छानबिन आयोगको प्रतिवेदन अलपत्र परेको छ भने गुठीको जग्गामा सहर विस्तार हुने क्रम जारी छ ।