साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा २५ अंकमाथिको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक २५.५७ अंकले बढ्दै १९३६.८३ अंकमा उक्लिएको हो । नेप्से सूचक वृद्धि भएसँगै यस दिन कारोबारमा समेत वृद्धि भएको छ । २५ अंकले बढेको यस दिन १ अर्ब ७१ करोड ५४ लाख रुपैयाँ बराबरको ४३ लाख ८४ हजार कित्ता सेयर कारोबार भएको छ । यस दिन १३ वटै उपसूचक धनात्मक हुँदै सेयर बजार नै हरियाली बनेको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक ३.१४ प्रतिशतले बढेको छ भने फाइना