डिजिटल प्रविधिको प्रयोग गर्ने १० होटल पुरस्कृत

पोखरा । पोखराका १० होटललाई पुरस्कृत गरिएको छ । नयाँ वर्षको अवसरमा ‘जाउँ है पोखरा अभियान’ अन्तर्गत पाहुनाबाट क्यूआर कोडमार्फत होटलको विल भुक्तानी प्राप्त गर्ने १० होटललाई पुरस्कृत गरिएको हो । पश्चिमाञ्चल होटल संघको अगुवाइमा सञ्चालन गरिएको अभियानमा पहिलोपटक डिजिटल माध्यमको प्रयोग गरी बिल भुक्तानी गराएपछि ब्यवसायीलाई प्रेरित गर्न संघले पुरस्कृत गरिएको जनाएको छ । क्युआर कोडमार्फत होटलको विल भुक्तानी गर्ने पाहुनालाई संघ अन्तर्गतका होटलले गत चैत ३१ र  बैशाख १ गते ४० प्रतिशत छुट प्रदान

सम्बन्धित सामग्री

राष्ट्रिय डिजिटल स्वास्थ्य दिवस मनाइयो

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य सेवामा सबैको पहुँच पु¥याउन सूचना प्रविधिको प्रयोग बढाउन आवश्यक भएको बताएका छन्।...

डिजिटल बैंकिङ साक्षरताको आवश्यकता

बैंकहरूले आफ्ना सेवाग्राहीलाई दिने सेवासुविधामा परिष्कृत गर्दै परम्परागत रूपमा चल्दै आएको कागजी र भौतिक शाखामा निर्भर बैंकिङलाई आधुनिक प्रविधिको प्रयोग गरी विभिन्न डिजिटल माध्यमबाट बैंकिङ सुविधा प्रदान गरिरहेका छन् । सरल, सहज र सुलभ मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायतका डिजिटल प्रविधिमा आधारित सेवाहरू नयाँ–नयाँ खोज, अनुसन्धान र अनुभवले अझै परिष्कृत हुँदै जानेछन् । डिजिटल बैंकिङ संस्थाको […]

देशको सर्वांगीण विकासमा सूचना प्रविधिको प्रयोग गर्नुपर्छः उपराष्ट्रपति पुन

देशको सर्वांगीन विकासमा सूचना प्रविधिको प्रयोग गर्नु उपराष्ट्रपति नन्द बहादुर पुनले बताएका छन् । शनिबारदेखि सुरू भएको डिजिटल नेपाल कन्क्लेभ २०२२ उद्घाटन शत्रमा बोल्दै पुनले देशको सर्वांगीन विकासमा सूचना प्रविधिको प्रयोग गर्नुपर्ने बताए ।  वर्तमान युग सूचना प्रविधि र डिजिटल भएको र यो दैनिक जीवनको महत्वपूर्ण पाटो भइसकेको बताए । थ्रिजी सेवा सुरू गर्ने नेपाल दक्षिण...

सडकको पहुँच भएको ठाउँमा डिजिटल साक्षरता प्रदान गर्ने नास्टको ‘आइसिटी बस’ (भिडिओ)

पछिल्लो समय हरेक क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग बढ्दै जाँदा यसको सुगम कार्यान्वयनका लागि डिजिटल साक्षरता सबैभन्दा महत्वपूर्ण पाटो बनेको छ । युवा पुस्तामाझ केही हदसम्म डिजिटल साक्षरता भएको पाइए पनि उल्लेखनीय जनसंख्यिक हिस्सामा अझै पनि यसको पहुँच र चेतना पुग्न सकेको छैन् । यसै कुरालाई मध्यनजर गर्दै केही समय अगाडि दक्षिण कोरियाले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

डिजिटल बैंकिङमा सेवाग्राही विश्वस्त हुनै बाँकी

नेपाल राष्ट्र बैंकले नोटको प्रयोगलाई निरुत्साहित गर्दै डिजिटल बैंकिङलाई प्रोत्साहित गरिरहेको छ। स्मार्टफोनको प्रयोग, इन्टरनेटको पहुँच वृद्धिले सहरदेखि ग्रामीण समुदायसम्म डिजिटल प्रविधिको प्रयोग गरेर बैंकिङ सेवा लिने क्रम बढेको छ।...

आजदेखि देशभरिका सबै भन्सारमा डिजिटल कारोबार प्रणाली

काठमाडौँ – भन्सारमा नयाँ–नयाँ प्रविधिको प्रयोग गर्दै स्वचालित प्रणालीमा विकास  गरिने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले ७० औँ भन्सार दिवसको अवसरमा सबै भन्सार कार्यालयमा डिजिटल भुक्तानी कारोबार उद्घाटन गर्दै भन्सारमा नयाँ–नयाँ प्रविधि जोड्दै आगामी दिन भन्सारलाई स्वचालित प्रणालीमा विकास गर्ने बताए। अर्थमन्त्री शर्माले भन्सारलाई पारदर्शितासहित व्यापारलाई सहजीकरण गर्ने किसिमको बनाउने काममा सरकार लागि परेको बताए। […]

डिजिटल प्रविधिको प्रयोग बढाउन लक्ष्मी बैंकद्वारा एलएक्सबी कनेक्टको घोषणा

काठमाडौं । लक्ष्मी बैंकले एपीआई बैंकिङ्गको माध्यमबाट डिजिटल प्रविधिको प्रयोग बढाउने रणनीति बमोजिम एलएक्सबी कनेक्ट नामक एपीआई डेभलपर प्लाटफर्म घोषणा गरी साझेदारीका लागि आह्वान गरेको छ । यस साझेदारी अन्तर्गत फिन्टेक, स्टार्टअप तथा डेभलपरहरुले आफ्नो क्षेत्रसँग सम्बन्धित बैंकका साझा ग्राहकहरुलाई विविध डिजिटल सेवा प्रदान गर्न सक्नेछन् । एलएक्सबी कनेक्ट स्यान्ड बक्स वातावरण अन्तर्गत इच्छुक साझेदारहरुले बैंकिङ्ग सेवा तथा प्रणालीलाई दृष्टिगत गरी बैंकको एपीआई सम्बन्धि कार्यसँग एकीकरणको सम्भावना

डिजिटल प्रविधिको प्रयोग गर्ने पोखराका १० ओटा होटल पुरस्कृत

वैशाख ११, कास्की । पोखरामा नयाँ वर्षको अवसरमा ‘जाउँ है पोखरा अभियान’ अन्तर्गत पाहुनाबाट क्यूआर कोड मार्फत् होटलको बिल भुक्तानी प्राप्त गर्ने १० ओटा होटललाई पुरस्कृत गरिएको छ । पश्चिमाञ्चल होटल संघको अगुवाइमा संचालन गरिएको अभियानमा पहिलोपटक डिजिटल माध्यमको प्रयोग गरी बिल भुक्तानी गराएपछि व्यवसायीलाई प्रेरित गर्न संघले पुरस्कृत गरेको हो । क्यूआर कोड मार्फत् होटलको बिल भुक्तानी गर्ने पाहुनालाई संघ अन्तर्गतका होटलले गत चैत ३१ र  वैशाख १ गते ४० प्रतिशत छूट प्रदान गरेको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए ।  ‘नगद छोडौं फोन पे गरौं’ भन्ने नाराका साथ संघ र फोन पे प्रालिको आपसी सहकार्यमा डिजिटल भुक्तानी प्रणालीलाई प्रबर्द्धन गरेको अध्यक्ष तुलाचनले बताए । उक्त अभियानमा प्रथम हुने एक होटललाई ५० हजार रुपैयाँ, द्वितीय हुने दुई ओटा होटललाई २० हजार रुपैयाँ र तृतीय हुने सात ओटा होटललाई ५ हजार रुपैयाँका दरले पुरस्कृत गरिएको थियो ।  अभियानमा टिका रिसोट प्रालि प्रथम, द कुटी रिसोर्ट र होटल डेण्डेलिन द्वितीय थिए । त्यसैगरी चौतारी बुटिक होटल, होटल लेक सोर, होटल भिलेज इन, होटल क्राउन हिमालयज, फिस्टेल लज, टेम्पल ट्री रिसोर्ट र होटल बाराहीलाई पुरस्कार प्रदान गरिएको थियो ।  फोन पे प्रालिसँग आवद्ध ५५ ओटा बैंक तथा वित्तीय संस्थाको संजाललाई उपयोग गरी होटलको विल क्यूआर कोड मार्फत् भएको कारोबार संख्याको आधारमा ती होटल पुरस्कृत भएका हुन् । अध्यक्ष तुलाचनले सुसुप्त अवस्थामा रहेको पर्यटनलाई पुनर्जागरण गराउन छूट तथा सहुलियत प्रदान गरी आन्तरिक पर्यटकहरुको आकर्षण वृद्धि गर्न संघले डिजिटल माध्यमको अभियान चलाएको बताए । उनले नेपाल राष्ट्र बैंकको नगद रहित कारोवारलाई प्रबर्द्धन गरी प्रविधितर्फ उन्मुख गराउने र होटल संचालन कार्यविधिमा निर्दिस्ट रहेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुरुप नगद भुक्तानी कार्यलाई निरुत्साहित गर्ने अभियानको मुख्य उद्धेश्य रहेको बताए ।  अध्यक्ष तुलाचनले सरकारद्वारा गत असोज १५ गतेबाट होटल तथा पर्यटन क्षेत्र सञ्चालन गर्ने अनुमति प्रदान गरेता पनि राष्ट्रिय तथा अन्तरराष्ट्रिय जगतमा पुन : कोभिडको दोस्रो लहर सुरु भएको कारणले थप आक्रान्त बनेको बताए ।  ‘विषम परिस्थितिमा पर्यटन तथा होटल क्षेत्र थप मर्माहत भई रहेको स्थिति छ’ उनले भने, ‘पर्यटन तथा होटल व्यवसायलाई पुनर्जीवन दिलाउन दिगो पर्यटन विकासको लागि आन्तरिक पर्यटन मात्र विकल्प रहेकाले संघले नेपालका विभिन्न स्थानमा जाउँ है पोखरा पर्यटन प्रबर्द्धन अभियान सम्पन्न गरिसकेको छ।’

माटोको डिजिटल नक्सा तयार गर्ने एशियामै पहिलो बन्यो नेपाल

काठमाडौं । नेपाल सरकारले माटोको डिजिटल नक्सा तयार गरेको छ । माटोमा रहेको विभिन्न तत्व वा गुणहरु देखाउनका लागि जि.पि.एम.का माध्यमबाट कम्प्युटर प्रविधिको प्रयोग गरी तयार पारिएको नक्सा नै माटोको डिजिटल नक्सा हो । उक्त नक्साको आज (बुधबार) कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आयोजना गरेको एक समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले माटोको डिजिटल नम्साको समुद्घाटन गर्नुभएको हो । कार्यक्रममा कृषि तथा पशुपन्छि विकास मन्त्री पद्माकुमारी अर्याल उपस्थित हुनुहुन्थ्यो । मन्त्रालयका अनुसार देशैभरको माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश हो । दक्षिण एशियाका अन्य देशहरुमा पनि यो प्रविधिको माटोको नक्सा तयार ती केही जिल्ला, प्रदेश वा क्षेत्रमा मात्र सिमित छन् । त्यसअनुसार देशैभरको माटोको नक्सा तयार गर्न नेपाल पहिलो बनेको हो । देशभरबाट कुल २३ हजार दुई सय ७३ वटा माटोको नमूना परीक्षण गरी तयार गरिएको यो नक्सांकनले कृषकलाई सम्बन्धित साइटमा गएर आफ्नो जग्गाको माटोका रसायनिक पक्षबारे विस्तृत जानकारी पाउनसक्छन् । नक्सांकन कार्यले किसानमात्र नभई नीति निर्माता, अनुसन्धान कर्ता, कृषि प्राविधिक निजी क्षेत्रका सेवाप्रदायक संघ संस्था, मल आयातकर्ता लाईसमेत माटो सम्बन्धी पूर्ण जानकारी दिनेछ । त्यस अवसरमा मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले दक्षिण एशियामै पहिलो पटक यस प्रकारको प्रविधि प्रयोग नेपालमा ल्याइएको जानकारी दिनुभयो । माटो व्यवस्थापनको लागि उक्त डिजिटल नक्सा कोसेढुंगा साबित हुने समेत सचिवा कार्कीको भनाई थियो । यसैबीच नेपाल कृषि अनुसन्धान परिषद्का प्रमुख डा. दिपक भण्डारीले २१ औं शताब्दी प्रविधिमा नक्साको प्रयोग उदाहरणीय भएको बताउनुभयो । नक्सालाई मोबाइल एपबाट पनि प्रयोगमा ल्याउने योजनामा रहेको समेत प्रमुख भण्डारीले जानकारी दिनुभयो । कार्यक्रममा भिडियो सन्देशमार्फत नेपालका लागि युएसएडकी मिसन प्रमुख सेपिडे केभानसाडले नेपाललाई बधाई ज्ञापन गर्दै यस प्रकारका सहयोगको लागि युस एड सदैव साथ रहने बताउनुभयो ।