बझाङ – बझाङ जिल्लाको मुख्य राजमार्ग जयपृथ्वी राजमार्ग बन्द भएको २५ दिनपछि जयपृथ्वी राजमार्ग खुलाउने काम सुरु भएको छ । बझाङकाे जयपृथ्वी राजमार्ग जाल्या बगर र नारुगौडामा सेती नदीले सडक बगाएपछि बन्द भएको थियो ।
नारुगौडामा बम विस्फाेट गरेर अहिले पनि काम सञ्चालन भइरहेको छ भने जाल्या बगरमा गएकाे आइतवारदेखि सेती नदीको धार परिवर्तन गर्ने काम सुरु भएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनुभयो ।
गएकाे असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म लगातार भएकाे बेमौसमी वर्षाका कारण सेती नदीले जाल्या...