लगातारको वर्षाका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत बैतडीको पाटन नगरपालिका– ८ झौलेकमा सडक भासिँदा सवारी आवतजावत अवरुद्ध भएको हो । सडक भासिएर भत्किएकाले बिहानदेखि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए । आइतबार बेलुकादेखि आंशिक रुपमा बन्द रहेको राजमार्ग आज बिहानदेखि पूर्ण रुपमा बन्द रहेको छ । भाँसिएको सडक भत्काएर किनारबाट पर्खाल लगाउने कार्य भइरहेको प्रवक्ता ओझाले जानकारी दिए । उनले भने,“पर्