काठमाडौं। सडक भासिदा पाँच दिनदेखि अवरुद्ध जयपृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ। लगातारको वर्षाले पाटन नगरपालिका– ८ झौलेकमा सडक भासिदा गत आइतबारदेखि राजमार्ग अवरुद्ध बनेको थियो। भासिएको सडक भत्काएर सडक किनारबाट पर्खाल लगाएपछि आजदेखि राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बोधराज ओझाले जानकारी दिए।