तुफान वामपन्थी विचार भएको परिवारमा जन्मिएको थियो । सानैदेखि कम्युनिष्टहरू सँगको संगत रह्यो । त्यसैले तुफानलाई कम्युनिष्ट पार्टीका घोषणापत्र र मार्क्स एङ्गेल्स, लेनिन, माओका जीवनीहरू पढ्ने अवसर मिल्यो । समाजमा भएको अन्याय, अत्याचार, दमन, शोषण देख्दा तुफान आक्रोशित हुन्थ्यो । मनभरि समाजवाद र साम्यवादको कल्पना गथ्र्यो ।महिला हिंसा ब्यापक बढेको थियो । कहिले कहिले दाइजोको निहुँमा, कहिले छोरी मात्रै जन्माएको निहुँमा महिलामाथि कुटपिट भएको समाचार आइरहन्थ्यो । पति तथा घरका अन्य सदस्यहरूले यसरी यातना दिएक