चिकित्सकलाई दैनिक ८ घण्टा भन्दाबढी काममा नलगाउन आग्रह गरिएको छ । राष्ट्रिय समावेशी आयोगले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गर्दै स्वास्थ्यकर्मीलाई दैनिक ८ घण्टाभन्दा बढी काममा नलगाउन आग्रह गरेको हो ।नेपालका स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई चिकित्सक, प्यारामेडिकल तथा नर्सिङ स्टाफको कार्य समय श्रम ऐन, २०७४ ले तोकेको भन्दा धेरै देखिएकाले प्रतिदिन ८ घण्टा र एक हप्तामा ४८ घण्टाभन्दा बढी समय काममा नलगाउन आयोगले भनेको छ । अध्ययनका क्रममा कतिपय अस्पतालहरुमा अतिरिक्त २४