काठमाण्डाै – पूर्वप्रधानन्यायाधीशहरूले संविधानमाथि राजनीति नगर्न राजनीतिक दलका नेताहरूलाई सचेत गराएका छन् । पूर्वप्रधानन्यायाधीशद्वय सुशीला कार्की र कल्याणकुमार श्रेष्ठले दलका नेताहरूको अहमताका कारण संविधानमाथि नै प्रश्न उठाउने काम गरिएको भन्दै आपत्तिसमेत जनाउनुभयो ।
नेपाल कानुन समाजले आज बुधवार काठमाण्डाैमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले संविधानमाथि राजनीति नगर्न नेताहरूलाई सचेत गराउनुभयो । उहाँले संविधानलाई कसैले पनि गम्भीरतापूर्वक नलिएको आरोपसमेत लगाउनुभयो ।
पूर्...