प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पले धरहरा ढाल्दा ज्यान गुमाएका व्यक्तिका आफन्तलाई प्राथमिकताका साथ रोजगारी दिइने बताएका छन् ।
पुनर्निर्मित धरहराको उद्घाटन कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धरहरामा सिर्जना हुने नयाँ रोजगारीमा अवसर दिइने बताए ।
‘यहाँ कामका अवसरहरू छन्, पार्किङ, गार्डेन लगायतमा सिर्जना हुने रोजगारीका अवसरमा निधन भएका परिवारका १ जनालाई प्राथमिकताका साथ रोजगारी उपलब्ध गराइने छ,’ उनले भने ।
प्रधानमन्त्री ओलीले शनिवार पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन् ।