कोभिडको खोप कार्डमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोटो हटाउन माग गर्दै अदालतमा पुगेका व्यक्तिमाथि न्यायाधीशको समय बर्बादी गरेको आरोपमा एक लाख भारु जरिवाना तोकिएको छ । उनको उजुरी राजनीतिक ढंगले अभिप्रेरित भएको भन्दै केरलाको उच्च अदालतले जरिवाना तोकेको हो ।ती व्यक्तिले कार्डमा मोदीको फोटो टाँसेर स्वास्थ्य जस्तो क्षेत्रमा सरकारले अनावश्यक प्रचार गरेको भन्दै अदालत पुगेका थिए । आफ्नो खोप कार्डमा मोदीको तस्बीर आवश्यक नभएको उनको तर्क थियो । आफूले पैसा तिरेर खोप लगाएको र खोप कार्डमा मोदीको फोटोको