चितवन : चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन्।इच्छाकामना गाउँपालिकाको १० हजार चार सय ६८ मत गनिसक्दा पोखरेलले ३६ सय २३ मत ल्याएका छन्।दोस्रोमा नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले ३२ सय १६ मत पाएका छन्। तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने छन्। उनले २९ सय ७८ मत पाएका छन्।