स्युचाटारबाट लागु औषधसहित एकजना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–७ स्युचाटारबाट प्रहरीले लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोलुखुम्बु दूधकुण्ड गाउँपालिका–११ घर भएका आङगु शेर्पा छन् । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको टोलीले स्युचाटार बस्ने ३६ वर्षीय आङगु शेर्पाको कोठाबाट २ हजार ३ सय ७५ एम्पुल लागुऔषध बरामद गर...

सम्बन्धित सामग्री

पोखरामा ६२१ एम्पुल लागूऔषधसहित एकजना पक्राउ

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका १३, कुडहरका ३० वर्षीय कृष्ण हमाललाई ६२१ एम्पुल लागू औषधसहित पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । उनको साथबाट डाईजापाम २०७ एम्पुल, फेनारगन २०७ एम्पुल र नुफिन २०७ एम्पुल लागु औषध बरामद गरिएको हो […]

वीरेन्द्रनगरबाट लागु औषधसहित १ युवक पक्राउ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट लागु औषध (ब्राउनसुगर) सहित एकजना पक्राउ परेका छन् । आज जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर ५ चिसापानी बिहानी टोलबाट २० बर्षीय अर्जुन सुनारलाई पक्राउ गरेको हो ।सडकमा शंकास्पद तरिकाले हिँडिरहेको अवस्थामा सुनारको शरीर खानतलासी गर्दा ११० मिलि ग्राम लागुऔषध (ब्राउनसुगर) बरामद गरिएको सुर्खेतका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । पक्राउ परेका अर्जुन सुनार माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।