दश वर्षीया सविता, नौ वर्षकी सुनिता र पाँचवर्षकी रमिला टुहुरा बालिका हुन् । फुसले छाएको घर भत्किने अवस्थामा पुगेको छ । घरमा खाने अन्न छैन । भोक लागे माटो खान्छन् । जिउमा फाटेको एकसरो लुगाबाहेक राति ओढ्ने ओछ्याउने कपडा छैन । दिउँसो घाम तापेर अनि राति आगो बालेर बस्ने गरेका छन् ।