शेखर कोइरालाको पत्रकार सम्मेलनमा मिनेन्द्रले भने– सुन र पित्तल छुट्टिएको छ

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार डा. मिनेन्द्र रिजालले महाधिवेशनबाट सुन र पित्तल छुट्टिएको बताएका छन् । सभापति पदमा पराजित भएका डा. शेखर कोइरालाले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै रक्षामन्त्रीसमेत रहेका डा. रिजालले दुःखमा नै चरित्र पहिचान हुने बताए ।‘सुन र पित्तल तातोमा छुट्टिन्छ,’ उनले भने, ‘अहिले सुन र पित्तल छुट्टिएको छ ।’ अहिले निराशाको कुरा गर्ने बेला नभएको पनि उनले बताए । डा. शेखर कोइराला सभापतिमा निर्वाचित नभए पन

सम्बन्धित सामग्री

सुन सुन हे कान्छा !

हाम्रो देशमा सुन भनेसी मान्छे भुतुक्कै हुन्छन् । तर समय परिस्थिति अनुसार यो सुनको अर्थ अनर्थ पनि हुन पुग्दो रहेछ, सामान्यतया सोचिने भन्दा फरक अर्थ पनि बोक्दो रहेछ । नपत्याए ल पढ्नुस् । सुन सुन हे कान्छा भनेको त सुन्नु हैन रहेछ, पहेँलो धातु पो रहेछ । पहिले सुनै सुनको लंका श्रीलंका भन्ने बुझ्थे । अहिले हामै्र देशकोे एयरपोर्ट । जहाँ क्विन्टलका क्विन्टल सुन आउँछ, त्यसको नाम त्रिभुवन विमानस्थल रे । अनि जहाँ सुन फल्दैन, त्यसको नाम चाहिँ स्वर्णभूमि एयरपोर्ट रे । अब भो त ? हङकङ, सिंगापुर, साउदी अरबहरू पनि क्या दानी क्या ! नेपाल गरीब छ भनेर माया गरेर नेपालको एयरपोर्टसम्मै सुन ल्याइदिन्छन् भन्या । कहिले कपको पिँध बनार, कहिले ब्रेक शुमा छिरार, कहिले बिजुली चुरोटमा घुसार, कहिले पानी तान्ने पम्पमा पेलेर । कहिले शरीरभित्र लुकाएर । अझ मगन्ते घुमन्तेलाई त औंठी, सिक्री के के भिरार ठ्याक्कै ५० ग्राम प्रतिटाउको पठाइदिन्चन् भन्या । देवकोटाका मदन सुनका डल्ला लिन तिब्बत धाउँथे, अचेलकी मुना दुबई उड्छिन् । अनि तिब्बतले ऊ बेला सुनका डल्ला पठाउँथ्यो अहिले ल–सुनका पोटी । आखिर ल–सुनमा पनि सुन त छँदै छ नि । त्यसैले हाम्री बज्यै भन्थिन्, ‘ल्हासामा सुन छ कान मेरो बुच्चै’ । अहिले एयरपोर्टमा सुन छ, तर मेरो लकर रित्तै । जे होस्, मान्छे भनेको व्यवसायी दीपक मल्होत्रा जस्तो लोभ लालच नभएको हुनुपर्छ है । सबैले १०० केजी सुन तेरो हो भन्दा पनि पत्रकार सम्मेलन नै गरेर मेरो होइन भनेर ठोकुवा गरे । त्यै सुन तेरो हो भन्देलान् भनेर राकेश अडुकिया चैं भाग्यो रे । उहिले त्यागको महिमा गाउँथे । क्विन्टलका क्विन्टल सुन मेरो होइन भन्न सक्ने मान्छेहरू जति ठूलो त्यागी अरू कोही हुन सक्छ दुनियाँमा ? सुन देखेपछि आँखाको चमक नै उड्छ भन्थे, हो रै छ । पुराना मोबाइलधरि ठ्याक्कै समात्ने आँखा, सुन देखेपछि तिरमिर तिरमिर भर केही चिनिन्न बा ! त्यही भएर एक्सरे स्क्यानर भएर पनि बिचरा कर्मचारीले सुनै चिन्न नसकेका । किन्नै नसक्नेले चिन्ने कुरो पनि आएन नि । पञ्चायतकालमा एउटा सांसद थिए । उनको सुन समातियो । अनि गएर भाषण गरे, ‘सबैलाई सानो बुलाकी लगाइदिऊँ भनेको सरकारले सबै खोस्यो’, भोट जति तिनैले पाए । तिनको नामै सुन बुढा भयो रे । सरकारलाई थाहा नभई सुन तस्करी नै हुन्न रे । महान् पूर्वप्रधानमन्त्री बाले आफ्नो अनुभव सुनाइरहन्छन् । आफ्ना पालामा तस्करी भयो भन्दैमा सबैका पालामा नहोला, तिनलाई बुझाउने कसले ? अनि अनुभवहीन प्रधानमन्त्रीलाई ज्ञान बाँड्दा पनि मान्छे कुरा काट्छन् भन्या । अनि तिनै प्रधानमन्त्रीका पालामा सुन तस्कर समातिए, सुन अहिलेसम्म फेला पर्‍या छैन । राजस्व अनुसन्धान विभागलाई प्रम कार्यालयकै मातहतमा ल्याउँदा पनि ३३ किलो सुन अहिलेसम्म फेला परेन । तिनैका पालामा कति किलो हो सुन समातेको, परीक्षण गर्दा पित्तल पो परेछ रे । पारसमणिले फलामलाई सुन बनाउँछ भन्छन्, यिनीसँग सुनलाई पित्तल बनाउने खुबी रैछ । किन नहुनु त सुन जस्तो देशलाई पित्तल बनाउन सफल जो छन् । जाबो दुई चार किलो सुनलाई पित्तल बनाउन के गाह्रो भो र ? जहाँ क्विन्टलका क्विन्टल सुन आउँछ, त्यसको नाम त्रिभुवन विमानस्थल रे । अनि जहाँ सुन फल्दैन, त्यसको नाम चाहिँ स्वर्णभूमि एयरपोर्ट रे । अब भो त ? तपाईं सोध्नुहोला कि त्यत्रो सुन जान्छ चाहिँ कहाँ होला भनेर ? ‘इधरका माल उधर’ भन्ने त सुन्नुभएकै होला । अर्थात् सुन मगाउने उधरकैले हो, लाने व्यवस्था मिलाउने पनि उधरकैले हो । इधरकाले त केवल भन्सार छलाइदिए र बोर्डर सोर्डर मिलाइदिएबापत यसो छ्याकन पाउने न हुन् । सेटिङ बिग्रिँदा झुक्किएर फेला परेका सुन जति नियमअनुसार त राष्ट्र बैंक जानुपर्ने हो । तर खासमा चैं त्यो सबै सुन अख्तियारले लैजान्छ । अख्तियारले किन लान्छ भन्नुहोला । ल, भ्रष्टाचारका आरोपी सबैलाई सुनपानीले चोख्याउन परेन ? देशैभरि भएका यति धेरै भ्रष्टाचारीलाई चोख्याउन सुन पनि त धेरै चाहियो नि । कसो ? खैर यो सुनको महिमा वर्णन गरी साध्यै छैन । सुन एक, तर यसका अर्थ अनेक । लौ सुन्नुस् सुनका विषयमा सामाजिक सञ्जालमा भेटिएका सुन विज्ञहरूबाट संकलित तथा यो पंक्तिकारबाट सम्पादित र थपित सुनका विभिन्न अर्थ । सत्यम् शिवम् सुन–धरम् – सुन नै सत्य हो, सुन नै कल्याणमय हो, सुन नै धर्म हो ।  सुनसान – सुन धेरै हुँदा जाग्ने शान, सुन दिएर शान्त पारिएको अवस्था । सुन्दरी – सुनको गहना लगाएर राम्री बनेकी युवती, सुनको धागोले बिट मारेर बुनेको चगटी, गुन्द्री वा दरी । सुन्तला – भन्सार छलेको सुनबाट घरमा थपेको तला । मनसुन – सुनवालाले मन खोलेर भन्सारका कर्मचारीलाई दिने सुन उपहार । भनसुन – सुन छुटाउन सहयोग गर्नुपर्‍यो भनेर सुनवालाले ठूलाबडालाई भन्न जाने काम । लसुन – सुनवालाले काम फत्ते गरेबापत ‘ल (लिनुस्) सुन’ भनेर उपहार दिने काम । सुनपानी – जलहरीको सुन पग्लेर पानी बनेको अवस्था । सुनसरी – सुनको सट्टा नगद दिएको अवस्था, भन्सारमा फेला परेको सुन प्रहरीकोमा पुगेपछि पित्तलमा परिणत हुँदा त्यसलाई सुनसरह मान्नुपर्ने अवस्था । सुन होइन रहेछ, सरी (माफ गर्नुहोला) । सुनामी – सुनको वास्तविक मालिकको नाम लिँदा आउन सक्ने राजनीतिक उथलपुथल । गरीबलाई चमेली सुन्–दिने कोई छैन – काठमाडौंमा सडक व्यापारलाई व्यवस्थित गर्नुको साटो उन्मूलन नै गर्ने अभियानका पीडित गरीबहरू र सुन तस्करबाट शोषित गरीब भरियाहरूको साझा क्रन्दन गीत । सुनौलो – सुन समातिएपछि औलोझैं आउने ज्वरो, नौलो नौलो पोकाबाट ल्याएको सुन । भुसुना – सुन ल्याएको बिर्सने प्राणी । सुनियोजित – सुन ल्याउने योजना सहितको । बिसुन – सुन सुकाउने ठाउँ । सुनमा सुगन्ध – गुप्तांगमा लुकाएर ल्याइएको सुन । सोनी – टिभीमा लुकाएर ल्याएको सुन । सुनयन – सुन देखेपछि मात्रै खुल्ने आँखा । सुनाखरी – सुनलाई पनि पित्तल लेख्ने खरी वा कलम । सुनाम – सुन बोकेर कमाउने नाम । सुनगाभा – सुनलाई गाभेर बनाएको कुनै मेसिन, जस्तै – ब्रेक शु । इतिश्री सुन अध्याय समाप्त ।

सुनको आशंकामा समातिएको धातु पित्तल रहेको पुष्टि

काठमाडौं, ६ साउन । थाई नागरिकबाट बरामद गरिएको पहेँलो धातु पित्तल रहेको पुष्टि भएको छ । गत राती त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले थाई नागरिकबाट बरामद गरेको साढे चार किलो पहेँलो धातु परीक्षणका क्रममा सुन नभएको पुष्टि भएको हो । भन्सार कार्यालयले बैककबाट काठमाडौं आएका थाई नागरिकबाट १० थानमा विष्कुट आकारको पहेँलो धातु जफत गरेको […]

‘थाहा भयो होला ११ किलो सुन कहाँ गयो भन्ने’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको जलहरीको सुन आफ्नो विषय नभएको बताएका छन् । आफू सरकार प्रमुख हुँदा पशुपति क्षेत्र विकास कोषलाई रकम दिने मात्र निर्णय गरेको उनले बताए । धान दिवसको कार्यक्रममा सहभागी हुन बिहीबार चितवन पुगेका वलीले सञ्चारकर्मीहरुसँग भने, ‘एक जनाले भनेको सुनियो, सुन होइन, पित्तल चढाएको, त्यहाँ पनि […] The post ‘थाहा भयो होला ११ किलो सुन कहाँ गयो भन्ने’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पशुपतिको गजुरमा सुन कि पित्तल ? यस्तो छ महालेखाको प्रतिवेदन

महालेखाको आर्थिक वर्ष २०७९ को वार्षिक प्रतिवेदनमा सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस नभएको उल्लेख गरेको छ ।

१४औँ महाधिवेशनमा सुन र पित्तल छुट्टिएको छ : मिनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता तथा पार्टीको महाधिवेशनमा महामन्त्रीका उम्मेदवार डा मिनेन्द्र रिजालले १४औँ महाधिवेशनमा सुन र पित्तल छुट्टिएको बताएका छन् । सभापतिमा शेरबहादुर देउवासँग पराजित भएका शेखर कोइरालाद्वारा प्रज्ञा भवनमा बुधबार आयोजित...

एमालेमा ‘हिरा र सुन’मात्रै छ : कृष्णगोपाल श्रेष्ठ

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले एमालेमा ‘हिरा र सुन’ मात्रै रहेको बताएका छन् ।  बुधबार नेकपा एमाले काठमाडौ जिल्लाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै श्रेष्ठले एमालेबाट बाहिरिएर फरक दल गठन गर्नेहरुलाई काँस र पित्तल भन्दै एमालेमा ‘हिरा र सुन’ बाँकी रहेको बताए । श्रेष्ठले एमाले सतिसालरुपी रुख रहेको र त्यो रुखमा फलेका केही फल कुहिएर झर्दैमा चिन्ता गर्नुपर्ने अवस्था नरहेको दावी गरे ।‘नेकपा एमाले काँसका टुक्राजस्तो होइन, हिरा हो । त्यसक

जलहरीमा सुन कि पित्तल विवाद

पशुपतिनाथको जलहरीमा ‘सुन कि पित्तल’ भन्ने विवादलाई लिएर शुक्रबार प्रतिनिधि सभा बैठक अवरोध भयो। दुई शब्दलाई प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले गम्भीर आरोपका रूपमा अथ्र्याएको छ भने सत्तापक्षले यसलाई अनावश्यक विवाद मानेका छन्। यस विवादलाई लिएर शनिबार बिहान प्रधानमन्त्रीसहितका शीर्ष नेताबिच हुने छलफलबाट मात्र टुङ्गो लाग्ने भएको छ। छलफलले कुनै निकास ननिकालेसम्म शनिबार ४ बजेका लागि तोकिएको बैठक अघि बढ्ने अवस्था छैन।

पित्तल नासो दिई, सुन खोज्न आयौ ?

गजल औंशीको रातमा जुन खोज्न आयौ ? काँडा रोपिथ्यौ, फूल खोज्न आयौ ? ठक्कर नै ठक्करबाट सिकिसकेपछि अब फेरि अर्को, भुल खोज्न आयौ ? मीठोमै भुलिने तिमी चिनी कमिला रुपरंगै नबदली, नुन खोज्न आयौ ? अठयाँइरह्यौ घाँटी प्रेम र इमानको निरमोही निष्ठुरी, गुन खोज्न आयौ ? मायाका नाममा विश्वास घात लपेटेर पित्तल नासो दिई, सुन खोज्न आयौ ?