तिहारको समयमा धनकी देवी लक्ष्मीको रूपमा सुन, चाँदी, हीरा, मोती र असर्फी किनेर राख्दा धनलाभ हुने जनविश्वास छ । यही विश्वाससहित आज धनवन्तरी जयन्तीको दिन अर्थात् कात्तिक त्रयोदशीका दिन धातुका वस्तु किन्ने प्रचलन छ । धातुका वस्तु किनेर घरमा लग्दा धन लाभ हुने विश्वाससहित सर्वसाधारणले हरेक वर्ष आजकै दिन केही न केही धातुका वस्तु किन्छन् । आज देशभरका सुनचाँदी र भाँडाकुँडा पसलमा सर्वसाधारणको घुइँचो लागेको छ । सक्नेले सुन, चाँदी तथा हिरा/मोती र नसक्नेले पित्तल लगायतका अन्य धातुबाट बनेका भाँडाकुँडा कि