राष्ट्रपतिलाई सांसद महतको व्यंङ्ग्य : विधेयक प्रमाणिकरणका लागि राति पठाउँ

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्र महतले नागरिकता राष्ट्रपतिले पुन:विचार गर्न फिर्ता पठाएको प्रति व्यंङ्ग्य गरेका छन्। उनले नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा दिउँसो नभई राति पठाउन आग्रह गरेका छन्। 'अब यो नागरिकता विधेयक प्रमाणीकरणका लागि पुन: राष्ट्रपति कहाँ पठाउनुपर्ने होला। उहाँ (राष्ट्रपति) कहाँ सरकारले नागरिकता विधेयक पुनः…

सम्बन्धित सामग्री

कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन अन्त्य : ५४ घण्टामा ३९ बैठक, दुई वटा विधेयक

सुर्खेत : कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशन अन्त्य भएको छ। आज (सोमबार) राति १२ बजेदेखि लागू हुने गरी चालु अधिवेशन अन्त्य भएको हो।कुल ५४ घण्टा बसेको अधिवेशनले दुई वटा मात्र (कर्णाली प्रदेश प्रतिष्ठान विधेयक र प्रदेश निजामती कर्मचारी विधेयक) बनाएको छ। यी दुवै विधेयक संसदबाट सर्वसम्मत रुपमा पारित भएका छन्।विधेयकमध्ये कर्णाली प्रदेश प्रतिष्ठान विधेयक प्रदेश प्रमुख तिलक परियारले प्रमाणित गरेर कानुनका रुपमा लागू भइसकेको छ। सोमबारको बैठकले पारित गरेको प्रदेश निजामती कर

राष्ट्रपति भण्डारीबाट नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण गर्न अस्वीकार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्नुभएको छ । संसदका दुवै सदनले पारित गरी गत भदौ २० गते प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको विधेयक मंगलबार राति १२ बजेभित्र प्रमाणीकरण भईसक्नु पर्ने थियो । तर, राष्ट्रपति भण्डारीले उक्त विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्नुभयो । जसका कारण नागरिकता ऐन संशोधन विधेयक […]

दोस्रो पटक पनि भएन नागरिकता विधेयक प्रमाणीकरण

काठमाडौं :  संसद्का दुवै सदनबाट दोस्रो पटक पारित भएर प्रमाणीकरणका लागि पठाइएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रमाणीकरण भएन। संविधानबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले असोज ४ गते मङ्गलबार राति १२ बजेभित्र विधेयक प्रमाणीकरण गर्नुपर्ने विधेयक प्रमाणीकरण नभएको हो।  यद्यपि राष्ट्रपति कार्यालयले प्रमाणीकरण नगर्नुको कारणबारे औपचारिक रूपमा केही जानकारी दिएको छैन। नेपालको संविधानको धारा ११३ बमोजिम दोस्रो पटक संसद्ले पारित गरेर पठाएको कुनै पनि विधेयक राष्ट्रपतिले १

राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार

काठमाण्डौ - राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्नुभएको छ । राष्ट्रपतिले मङ्गलवार राति १२ बजेसम्म पनि विधेयक प्रमाणीकरण नगरेपछि विधेयक स्वतः निष्क्रिय भएको छ । संसद्ले दोस्रो पटक पारित गरेर स्वीकृतिका लागि विधेयक राष्ट्रपति समक्ष पठाएको थियो । संसदबाट पारित भएर दोस्रो पटक आएको विधेयकलाई १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने कानुनी व्यवस्था भए पनि राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्नुभएको हो ।  राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेपछि यसबारे समर्थन र विरोधमा विभिन्न टिप्पणी भइरह...

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्ने विश्वासमा सरकार

काठमाडौँ । सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्ने विश्वास गरेको छ । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सत्ता गठबन्धनको बैठकपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्ने विश्वास समेत व्यक्त गरेका हुन् ।  राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्ने म्याद आजै मध्यरातदेखि सकिँदैछ । तर, राति ९ बितिसक्दा […]

नागरिकता विधेयक प्रमाणीकरण गर्ने संवैधानिक समयसीमा सकिँदै

काठमाण्डाै – नागरिकता ऐन संशोधन विधेयक प्रमाणीकरण गर्ने संवैधानिक समयसीमा सकिन लागेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको असन्तुष्टिबीच प्रमाणीकरणका लागि संसद्ले दोस्रो पटक पारित गरेर पठाएको विधेयक आज मङ्गलवार राति १२ बजेसम्ममा प्रमाणीकरण भइसक्नुपर्छ । यदि राति १२ बजेसम्ममा पनि विधेयक प्रमाणीकरण नभएमा विधेयक कार्यान्वयनमा जाने छैन । राष्ट्रपति भण्डारीले गरिरहनुभएको राजनीतिक परामर्शलाई लिएर प्रमाणीकरण नगरिने आशङ्काहरू व्यक्त भइरहेका छन् । यसले एउटा नयाँ संवैधानिक बहस सुरु भएको छ । दोस्रो पटक फर्क...

नागरिकता विधेयक राष्ट्रियसभामै अल्झिने संकेत

नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक (२०७९) राष्ट्रियसभाबाट पारित हुन कम्तीमा एक साता ढिलो हुने भएको छ। प्रतिनिधिसभामा राष्ट्रपति विद्यादेवी भण्डारीको पुनर्विचारको सन्देशको बेवास्ता गरी पारित गरिएको उक्त विधेयक राष्ट्रियसभाको बैठक ६ दिन पर धकेलिएसँगै त्यसलाई अघि बढाउने प्रक्रियामा ढिलाइ हुने भएको हो।शनिबार राति निधन भएका कांग्रेस नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेर राष्ट्रियसभाको बैठक यही भदौ १२ गते आइतबारका लागि तोकिएको छ। तर प्रतिनिधिसभाको बैठक भने मंगलब

अमेरिकामा बन्दुक नियन्त्रण विधेयक पारित

वासिङ्टन । अन्ततः अमेरिकाले बन्दुक नियन्त्रणसम्बन्धी विधेयक पारित गरेको छ । अमेरिकी सिनेटले गए राति उक्त विधेयक पारित गरेको हो । सिनेटमा भएको मतदानमा विधेयकको पक्षमा ६५ र विपक्षमा ३३ मत परेको थियो । पन्ध्र जना रिपब्लिकन विधायकले पनि विधेयकको पक्षमा मतदान गरेका थिए । तीन दशकपछि बन्दुक हिंसा नियन्त्रणसम्बन्धी विधेयक पारित भएकामा खुसी व्यक्त […]