काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति व्यंग्य गरेका छन्। संसदको दुवै सदनले अनुमोदन गरेर पठाएको नागरिकता विधेयक फिर्ता पठाएपछि उनले व्यंग्य गरेका हुन्। यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले पठाएको अध्यादेश रातारात प्रमाणीकरण गरेकी थिइन्। उनले भने, ‘सरकारले नागरिकता विधेयक फेरि राष्ट्रपति कार्यालयमा पठाउनुपर्ने होला। सरकारलाई के सुझाव दिन्छु भने दिउँसो होइन राति पठाउनुपर्यो। अफ्ट्यारा कामहरू राति नै फत्ते हुन्छन्। प्रमाणीकरण गर्