काठमाण्डाै – प्रतिनिधि सभा सदस्य गजेन्द्रबहादुर महतले राष्ट्रपति विद्यादेवी भण्डारीप्रति व्यङ्ग्य गर्नुभएकाे छ ।
बिहीवार प्रतिनिधि सभाकाे शून्य समयमा बाेल्दै सांसद महतले सरकारले नागरिकता विधेयक पुनः प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा दिउँसो नभइ राति पठाउनुपर्ने बताउनुभयो । उहाँले अप्ठ्यारा कामहरू राति नै फत्ते हुने बताउनुभयो ।
सांसद महतले प्रतिपक्षले बारम्बार लेखा समितिको सभापति माग गरेको भन्दै अन्य चार वटा समितिको सभापति फिता गर्नुपर्ने बताउनुभयो ।
सांसद अमृता थापाले भीभीआईपी बस्ने काठमा...