सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘सुदूरपश्चिम प्रदेशको पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनितादेवी चौधरीले उक्त विधेयक पारित गरियोस् भनी सभामा प्रस्ताव पेश गरेकी थिइन् । विधेयक पारित भएसँगै प्रदेशमा पशुपालन व्यवसायलाई व्यवस्थित गर्दै पशु स्वास्थ्य, पशु कल्याणलगायतमा देखिएको नीतिगत समस्या समाधानमा सहज हुने भएको छ ।