धनगढी उपमहानगरपालिकाको शुक्रबार सम्पन्न छैटौँ नगरसभामा तीनवटा विधेयक पारित भएको छ ।
सभाले (न्यायिक समिति कार्यविधि) ऐन २०७४ को पहिलो संशोधन २०७७, धनगढी उपमहानगरपालिका स्वास्थ्यसम्बन्धी ऐन २०७७ र धनगढी उपमहानगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षणसम्बन्धी ऐन २०६६ को विधेयक पारित गरेको हो ।
नगरप्रमुख वडले आफूहरु निर्वाचित भएर आएपछि १४ ऐन, चार नियमावली, ३२ कार्यविधि, तीन निर्देशिका र दुई आचारसंहिता गरेर ५५ कानून निर्माण गरेको जानकारी दिए ।
उनले १९ वडा कार्यालयमध्ये १६ वडाको आफ्नै कार्यालय भवन नि...