प्राइम कमर्सियल बैंकले रू. ५ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डबाट पायो अनुमति

जेठ १९, काठमाडौं । प्राइम कमर्सियल बैंकले रू. ५ अर्ब बराबरको ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ । कम्पनीले रू. १ हजार अंकित दरका ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि सेबोनबाट जेठ १८ गते स्वीकृती पाएको हो । विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले कुल ५० लाख कित्तामध्ये २० लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने बाँकी ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ । कम्पनीले ५ वर्षसम्मका लागि वार्षिक १० दशमलव १५ प्रतिशत ब्याजदरमा प्राइम डिबेञ्चर २०८४ नामक ऋणपत्र निष्कासन गर्न सेबोनबाट अनुमति पाएको हो ।   

सम्बन्धित सामग्री

१ करोड ४१ लाख कित्ता ऋणपत्र निष्कासनको पर्खाइमा ५ ओटा कम्पनी

जेठ ९, काठमाडौं । धितोपत्र दोस्रो बजारमा पाँच ओटा कम्पनीहरुको १ करोड ४१ लाख कित्ता ऋणपत्र थपिने भएको छ । चार ओटा वाणिज्य बैंक र एउटा विकास बैंकले उक्त कित्ता ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका हुन् । नेपाल एसबिआई बैंक, प्राइम कमर्सियल बैंक, सिद्धार्थ बैंक, बैंक अफ काठमाण्डू र कामना सेवा विकास बैंकले ऋणपत्र निष्कासनको लागि बोर्डमा निवेदन दिएका हुन् । ती मध्ये कामना सेवा विकास बैंकले २०७८ साल असार ४ गतेनै ऋणपत्र निष्कासनका लागि बोर्डमा निवेदन दिएको थियो ।   कामना सेवा विकास बैंकले रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासनको तयारी गरेको हो । कम्पनीको आवेदन स्वीकृति प्रक्रिया जवाफ र समिक्षा चरणमै रहेको छ । वार्षिक ९ प्रतिशत ब्याजदरको १० वर्षे अवधिको कामना सेवा विकास बैंकको ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।  यसैगरी २०७८ साल फागुन १६ गते नेपाल एसबिआई बैंकले ५ वर्षे अवधिको ९ दशमलव २५ प्रतिशत ब्याजदर उल्लेख ३० लाख कित्ता ऋणपत्र निष्कासनका लागि बोर्डमा निवेदन दिएको थियो । सानिमा क्यापिटल लिमिटेडले विक्रीको जिम्मा लिएको यो ऋणपत्रको निवेदन स्वीकृति प्रक्रिया प्राम्भिक समिक्षा अन्तर्गतनै रहेको छ ।  प्राइम कमर्सियल बैंकले १० दशमलव १५ प्रतिशत ब्याजदर रहेको ५ वर्षे अवधिको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको छ भने सिद्धार्थ बैंकले १० वर्षे अवधिको १० दशमलव ७५ प्रतिशत ब्याजदर रहेको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । त्यस्तै बैंक अफ काठमाण्डूले ७ वर्षे  अवधिको १० दशमलव ५ प्रतिशत ब्याजदरको ११ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।  प्राइम कमर्सियल बैंकले यस वर्षको वैशाख २२ गते, सिद्धार्थ बैंकले वैशाख २५ गते र वैक अफ काठमाण्डूले वैशाख २६ गते बोर्डमा निवेदन दिएको हो । प्राइमको ऋणपत्र विक्री प्रबन्धकमा सानिमा क्यापिटल, सिद्धार्थको कुमारी क्यापिटल र बैंक अफ काठमाण्डूको एनआईबिए एस क्यापिटल लिमिटेड रहेको छ ।  नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले आफ्नो चुक्तापूँजीको २५ प्रतिशत ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्था लागू भएसँगै दोस्रो बजारमा ऋणपत्र सूचीकृत हुने क्रम निरन्तर चलिरहेको छ । धितोपत्र बजारमा सूचीकृत अन्य धितोपत्रहरु सरह ऋणपत्रको कारोबार भने नियमित भएको देखिदैंन । सरकारले गत वर्ष ऋणपत्रको बजार विस्तारलाई प्राथमिकताका साथ बजेटमा प्रस्तुत गरेको थियो । सरकारी ऋणपत्रहरुको पनि धितोपत्र दोस्रो बजारमा कारोबार हुन सक्ने वातावरण तयार गर्दै ऋणपत्रको बजार विस्तार गर्ने योजना सरकारको थियो ।  यो वर्ष बजार सञ्चालक र नियामक निकायमा केहि समय नेतृत्व विहिनको अवस्था आएकाले पनि यो विषय प्राथमिकतामा पर्न नसकेको जानकारहरु बताउँछन् । यस वर्षको बजेटमा पनि यो विषयलाई पुनः उठान गरी ऋणपत्रको बजार विस्तारमा सरकारले विशेष ध्यान दिनुपर्ने माग सरोकारवाला निकायहरुले गरेका छन् । प्राथमिक बजारमै प्रतिकित्ता रू. १ हजार मूल्य पर्ने ऋणपत्रको कारोबार दोस्रो बजारमा नियमित हुन सके यसले बजारलाई सकारात्मक प्रभाव पार्ने विश्वास लगानीकर्ताहरुको छ । निश्चित अवधिका लागि निश्चित ब्याजदरका आधारमा लगानी गर्ने ऋणपत्र धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिने गरी सूचीकृत हुने हुँदा यसप्रति लगानीकर्ताहरुको आकर्षण बढी देखिएको छ ।  पछिल्लो समय सार्वजनिक निष्कासनमा आएका ऋणपत्रहरुमा लगानीकर्ताहरुको आकर्षण अन्य धितोपत्रहरुको सरहनै रहेको लगानीकर्ताहरुको बुझाइ छ ।  तोकिएको अवधिभन्दा अगावै आफुलाई रकम आवश्यक परे दोस्रो बजारमा सहजै विक्री हुने गरी ऋणपत्रको खरीद माग सृजना हुने वातावरण बन्नुपर्ने माग लगानीकर्ताहरुले गरेका छन् ।

प्राइम कमर्सियल बैंकको ऋणपत्र आजदेखि विक्रीमा

चैत १६, काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले आज (बुधवार) देखि ऋणपत्र निष्कासन तथा विक्री खुला गरेको छ ।  कम्पनीले प्रतिकित्ता रू. १ हजार अंकित मूल्यका रू. २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले निष्कासन गर्न लागेको ऋणपत्रको नाम ‘१० प्रतिशत प्राइम डिबेन्चर २०८८’ रहेको छ ।  कुल कित्ता ऋणपत्रमध्ये रू. १ अर्ब बराबरको १० लाख कित्ता बैंकले सर्वसाधारणलाई विक्री गर्नेछ भने बाँकी रू. १ अर्ब ५० करोड बराबरको १५ लाख कित्ता भने व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ ।  सर्वसाधारणका लागि विक्री गरिने ऋणपत्रमध्ये पनि ५ प्रतिशत अर्थात् ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको बैंकले जानकारी दिएको छ । यो ऋणपत्र खरीदका लागि छिटोमा चैत २१ गतेसम्ममा आवेदन दिनु पर्नेछ भने सो अवधिसम्ममा माग बमोजिम आवेदन नपरेमा ढिलो अवधि चैत ३० गतेसम्म विक्री खुला गरिने बैंकको भनाइ छ ।  यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।  विक्री प्रबन्धकसँगै यो ऋणपत्र खरीदका लागि सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । यो ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले कम कर्जा जोखिमको संकेत गर्ने ‘केयर एनपी डबल ए माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ ।  योे रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित रहेको मानिन्छ ।

प्राइम कमर्सियल बैंकले चैत १६ गतेदेखि १० वर्षे अवधिको ऋणपत्र विक्री गर्ने

चैत ८, काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले चैत १६ गतेदेखि ऋणपत्र विक्री गर्ने भएको छ । बैंकले प्रतिकित्ता रू. १ हजार अंकित मूल्यका रू. २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । बैंकले निष्कासन गर्न लागेको ऋणपत्रको नाम ‘१० प्रतिशत प्राइम डिबेन्चर २०८८’ रहेको छ ।  कुल कित्ता ऋणपत्रमध्ये रू. १ अर्ब बराबरको १० लाख कित्ता बैंकले सर्वसाधारणलाई विक्री गर्नेछ भने बाँकी रू. १ अर्ब ५० करोड बराबरको १५ लाख कित्ता भने व्यक्तिगत तवरबाट विभिन्न संघसंस्थाहरुलाई विक्री गर्नेछ ।  सर्वसाधारणका लागि विक्री गरिने ऋणपत्रमध्ये पनि ५ प्रतिशत अर्थात् ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको बैंकले जानकारी दिएको छ ।  यो ऋणपत्र खरीदका लागि छिटोमा चैत २१ गतेसम्ममा आवेदन दिनुपर्नेछ भने सो अवधिसम्ममा माग बमोजिम आवेदन नपरेमा ढिलो अवधि चैत ३० गतेसम्म विक्री खुला गरिने बैंकको भनाइ छ ।  यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ । ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।  विक्री प्रबन्धकसँगै यो ऋणपत्र खरीदका लागि सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । यो ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले कम कर्जा जोखिमको संकेत गर्ने ‘केयर एनपी डबल ए माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ । योे रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित रहेको मानिन्छ । कम्पनीलाई ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले फागुन २३ गते अनुमति दिएको हो ।