वैशाख १४, काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले विक्री गरेको ऋणपत्र बाँडफाँट गरेको छ । बैंकले चैत १६ गतेदेखि ३० गतेसम्म विक्री गरेको ऋणपत्र वैशाख १२ गते बाँडफाँट गरेको हो ।
बैंकले १० वर्षे अवधिको प्रतिकित्ता रू. १ हजार अंकित मूल्यका रू. २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र बाँडफाँट गरेको हो ।
कुल कित्ता ऋणपत्रमध्ये बैंकले रू. १ अर्ब ५० करोड बराबरको १५ लाख कित्ता भने व्यक्तिगत तवरबाट विक्री गरेको थियो भने रू. १ अर्ब बराबरको १० लाख कित्तामध्ये सामूहिक लगानी कोषका लागि ५० हजार कित्ता छुट्याई बाँकी ऋणपत्र सार्वजनिक निष्कासनमार्फत विक्री गरेको थियो ।
बैंकले ‘१० प्रतिशत प्राइम डिबेन्चर २०८८’ नामको ऋणपत्र निष्कासन गरेको हो । यो ऋणपत्र खरीदका लागि न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था थियो ।
बाँडफाँटका क्रममा रितपूर्वक आवेदन दिने सबै आवेदकहरुले माग बमोजिमनै ऋणपत्र प्राप्त गरेको बैंकले जानकारी दिएको छ । ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।