फागुन २६, काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले रू. २ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
कम्पनीले २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि बोर्डबाट फागुन २३ गते अनुमति पाएको हो । विक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।
कम्पनीले कुल २५ लाख कित्तामध्ये १० लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने १५ लाख कित्ता ऋणपत्र ब्याक्तिगत तबरबाट विक्री गर्नेछ ।
कम्पनीले १० वर्षका लागि वार्षिक १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्नका लागि बोर्डबाट अनुमति पाएको हो ।